Shittalpati
महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल

जगदीश भट्टराई
पाल्पा,कोरोना महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशको आयोजनामा भर्चुअलमार्फत सहकारीहरुको सामाजिक दायित्वका विषयमा छलफल भएको हो ।

छलफलमा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेप्स्कुन)का अध्यक्ष परितोष पौडेलले वर्तमान महामारीले सहकारी क्षेत्रमा पारेको असरलाई के कसरी जुधेर समाधान गर्ने भन्ने विषय गम्भीर भएको बताएका छन् । उनले सहकारी अभियानका बेला सम्मान,परिपूर्ति, अधिकार र आर्थिक समुन्नतिका विषयलाई प्राथमिकता दिदै सहकारीहरुबाट सदस्य सुरक्षा र सामाजिक उत्तरदायित्वलाई निरन्तर अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको औल्याए । नेप्स्कुनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महामारीले पारेको असरलाई कम गर्न देश भरिको अभियानले चालेका हरेक कदमहरु जनउपयोगी भएको बताए । उनले सहकारी संस्थाहरुले सधै सामाजिक दायित्व निर्वाह गर्दै आएका कुराहरु राज्यका सबै निकायहरुलाई जानकारी दिदै पैरवी शुरु गर्नुपर्ने धारणा व्यक्त गरे ।

छलफलमा सहकारी विज्ञ तथा अभियानका अगुवा सञ्जय तिमिल्सेनाले सहकारी संस्था र सदस्यहरुलाई आर्थिक, सामाजिक, मानसिक र उद्यमशीलतालाई कसरी अगाडि बढाउने, सदस्यहरुको प्रवद्र्धन र सम्वद्र्धन अनि सहकारीबाट प्रत्येक साकोसका सदस्यहरुलाई तत्काल राहत स्वरुप के कसरी काम गर्न सकिन्छ भन्ने जस्ता विषयमा सबैको ध्यान जानुपर्ने बताएका थिए । संघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

प्रत्येक सहकारी संस्थाहरुले सदस्यहरु कुन रुपमा प्रभावित भएका छन् सो विषयमा पनि जान्नुपर्ने कुरामा जोड दिए । नेप्स्कुनका केन्द्रीय पदाधिकरीहरु, विभिन्न समिति उपसमितिका पदाधिकारी, प्रदेशका पदािधिकारी,संघका अध्यक्ष तथा पदाधिकारीहरु, साकोसका सञ्चालक, सहकारी अभियानका विभिन्न ३ सय भन्दा धेरैले यो कार्यक्रममा सहभागिता जनाएका थिए । संघका लुम्बिनी प्रदेश सचिव ऋषिराम सापकोटाको सञ्चालनमा भर्चुअल छलफल कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update