Shittalpati
गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटो लोन’

पाल्पा, के तपाईको सवारी चढ्ने सपना छ ? के सपना भएर पनि आर्थिक अभावमा गाडी चढ्न सक्नुभएको छैन ? यदि त्यस्तो हो भने आउनुहोस् गरिमा विकास बैंकले त्यो सपना पूरा गर्ने छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ । बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५५ ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको हो । यो सुविधा अन्तर्गत खरिद मूल्यको ८ सय ५ सम्म अधिकतम १० वर्षको लागि कर्जा प्रवाह गर्न सक्ने छ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले विश्वास लिएको छ । बैंकले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्‍याउन ‘मेरो सेयर बचत खाता’ समेत सार्वजनिक गरेको छ । यो खाता अन्तर्गत बैंकका ग्राहकहरूले न्यूनतम ५ सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सकिनेछ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरूले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्नेछन् ।

बैंकले हाल देशका ३५ जिल्लामा १ सय ६ शाखा कार्यालय र ५१ एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ । बैंकले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै बिना चेकबुक मोबाइल बैकिङ्ग मार्फत शाखामा उपलब्ध क्युआरलाई स्कान गरी पैसा झिक्न मिल्ने ‘स्मार्ट टेलर’को सुरुवात समेत गरेको छ । हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध रहेको छ भने बैंकले चाँडै नै सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भिœयाउन सधैँ तत्पर रहने बैंकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update