Shittalpati
गुल्मी चन्द्रकोटका नागरिकलाई आईपीओ निष्कासन गरिदै

पाल्पा, गुल्मीको चन्द्रकोट गाउँपालिका ६ र ७ का नागरिकहरुलाई लक्षित गर्दै आइपीओ निष्कासन गर्न लागिएको छ । रूरू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि उक्त क्षेत्रका नागरिकहरुलाई लक्षित गर्दै आईपीओ निष्कासन गर्न लागेको हो ।

परियोजजनाले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न लागिएको जनाएको छ । चद्रकोट गाउँपालिका वडा ६ र ७ मा निर्माण भएको उक्त जलविद्युत आयोजनाले वि.सं. २०७० चैत ९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । कम्पनीले १ सय रुपैयाँ प्रति शेयरका दरले ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने परियोजनाले जनाएको छ । निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकि समयसम्म आवेदन खुला रहने छ । यस परियोजनाले वि.सं. २०७१ चैत ९ गतेदेखि ५ मेघावाट विद्युत व्यवसायिक उत्पादन शुरु गरेको हो । यो अयोजनाको प्रतिमेगावाट लागत रु१४ करोड ८९ लाख ४ हजार ३ सय ८२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update