Shittalpati
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक

पाल्पा (माथागढी), जिल्लाको माथागढी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले आठौँ गाउँसभा मार्फत चालु आर्थिक वर्षको माघ २० गतेसम्मको कार्यक्रम र योजनाहरुको प्रगती प्रतिवेदन सार्वजनिक गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदन प्रस्तुत गर्दै नेपालले प्राविधिक कार्यक्रमतर्फ चालु आर्थिक वर्षका लागि १२ वटा योजनाहरु छनौट गरिएको बताए ।

जस मध्ये अहिलेसम्म ५ वटा कार्यक्रम तथा योजनाहरु सम्पन्न भइसकेको उनले बताए । उनलका अनुसार २ वटाको लागत अनुमान निकालिएको, एउटाको काम शुरु भएको र ४ वटा कार्यक्रमहरु परिमार्जित गर्नुपर्ने छन् । अहिलेसम्म युवा रोजगारी तथा रुपान्तरण पहल योजना तथा कामका लागि पारिश्रमिकमा आधारित कार्यक्रमको लागि प्रत्येक वडामा योजना तर्जुमा गरिएको, आर्थिक वर्ष २०७७/०७८ को लागि रोजगार सेवा केन्द्रमा न्यूनतम रोजगारीमा संलग्न हुन चाहने वेरोजगार व्यक्तिहरुको आवेदन लिई ईमिसमा प्रविष्ट गरिएको, युवा रोजगारी तथा रुपान्तरण पहल योजना लागि क्रमशः वडा १, ३, ५ र ८ मा १३ जना र वडा २, ४, ६ र ७ मा १२ जना व्यक्तिहरुको छनौट गरी जम्मा १ सय जना व्यक्तिहरुका लागि १ सय दिन बराबरको रोजगारी सिर्जना गरेको जनाइएको छ ।

यसैगरी गाउँसभामा कामका लागि पारिश्रमिकमा आधारित योजनाको लागि प्रत्येक वडाबाट अुनपातको आधारमा छनौट गरिएको छ । जसमध्ये वडा १ बाट ९७ बेरोजगार व्यक्तिहरु मध्येबाट १३ वटा कामका लागि पारिश्रमिकमा आधारित योजनामा छनौट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी वडा २ बाट ४६ जना मध्यबाट ५ जना, वडा ३ बाट १ सय ५६ जना मध्येबाट २३ जना, वडा ४ बाट ८५ जना मध्येबाट १२ जना, वडा ५ बाट १ सय ६ जना मध्यबाट १५ जना, वडा ७ बाट ८९ जना मध्येबाट १२ जना र वडा ८ बाट १ सय ५५ जना मध्येबाट २३ जना रहेका छन् । यो कार्यक्रमबाट जम्मा १ सय १६ जनालाई कामका आधारमा छनौट गरिएको छ । यसै गरी गाउँसभामा युवा रोजगारीका लागि रुपान्तरण पहल अन्तर्गत वडा रुप्सेमा योजना सञ्चालन भइसकेको र अन्य वडाहरुमा क्रमशः योजना सञ्चालन हुने क्रममा रहेको प्रमुख प्रशासकिय अधिकृत नेपालले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update