Shittalpati
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि

पाल्पा, नेपाल राष्ट्र बैंकबाट ख वर्गको स्वीकृत प्राप्त मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले वृद्धि भएको हो । बैंकको चाल आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार ६१ करोड ५५ लाख नाफा भएको छ । बैंकले गत आवको दोस्रो त्रैमासिकमा ४७ करोड २५ लाख नाफा कमाएको थियो । माघ महिनाको तेस्रो सातासम्मको वित्तिय विवरण अनुसार सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकको रहेको छ । अहिलेसम्म जम्मा १५ ओटा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

मुक्तिनाथ बैंकले ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको बताएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ ओटा विकास बैंकमध्ये सप्तकोशी डेभलपमेण्ट बैंक, तिनाउ विकास बैंक र सहारा विकास बैंकले मात्र चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । सार्वजनिक गरेको १५ ओटा कम्पनीमध्ये ६ ओटा विकास बैंकको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । नाफा घटेका ५ ओटा बैंक मध्ये सबैभन्दा बढी ग्रीन डेभलपमेण्ट बैंकको नाफा ७१ प्रतिशतले कमि आएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update