Shittalpati
हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट राजस्व भुक्तानीे हुने

पाल्पा, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा स्वीकृत प्राप्त हिमालयन बैंक लिमिटेडका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाएसँगै ग्राहकले सजिलै भुक्तानी गर्न सक्ने भएका हुन् ।

बैंकले एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमार्फत नै थप सेवाका रुपमा यसलाई विस्तार गरेको हो । मोबाइल बैंकिङ्गको एनपीआई मार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो रहेको बैंकले दावी गरेको छ । बैंकले पहिले देखि नै आफ्नो मोबाइल बैंकिङ्ग च्यानलबाट कनेक्ट आईपीएसमार्फत रियल टाइम अनलाइन फन्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ ।

अब एनपीआई मार्फत मोबाइल बैंकि·बाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रक्रियामा ग्राहक एवं सरकारी पक्ष दुवैलाई सहज हुने बैंकले विश्वास लिएको छ । ग्राहकहरुले सम्बन्धित राजस्वको ईबीपी नम्बरका आधारमा कारोबार गर्न सक्नेछन् । सो कारोबार रकम एनपीआई मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । बैंकले यस अघि आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र ट्रिपरहरु खरिद गर्ने ग्राहकलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन बतास अर्गनाईजेशन अन्र्तगत इष्टर्न एजेन्सी बीच फाइनान्स सम्झौता पनि गरेको छ । सम्झौतामा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रमशाह तथा ईस्टर्न एजेन्सीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका छन् । ईन्टर्न एजेन्सीले आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु बिक्री गर्ने नेपालको आधिकारीक बिक्रेता हो । आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने व्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको हो । सम्झौता अनुसार ग्राहकले सर्व सुलभ ब्याजदरमा अधिकतम ५ वर्ष सम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैकका नेपालभर रहेका शाखाहरुबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेशनले जानकारी दिएको छ । हिमालयन बैंक वाणिज्य बैंकहरु मध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणाली मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल बंैकका ७० शाखाहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, १ सय ४६ एटिएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update