बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
अर्थवाणिज्य/कर्पोरेट
भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा सापकोटा

पाल्पा, तानसेनको भुसलडाँडामा गठित होटल व्यवसायीहरुको संगठन भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा जयराम सापकोटा निर्विरोध निर्वाचित भएका छन् । समितिको तानसेनमा बसेको १२औं साधारणसभा एवं छैठौं अधिवेशनले सापकोटालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनले सापकोटाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा नारायण न्यौपाने,सचिवमा लिलाधर घिमिरे, स–सचिवमा लक्ष्मी भण्डारी र कोषाध्यक्षमा रामप्रसाद पाण्डे रहेका छन् । यस्तै सदस्यहरुमा खडानन्द न्यौपाने, नन्दलाल भुसाल, देवि शर्मा केशव पौडेल, पेउनारायण पाण्डे, रामप्रसाद भट्टराई, काशीराम भुसाल, दिपक काफ्ले, बालकृष्ण ढकाल, भगवती श्रेष्ठ, विजय सिंजाली, चन्द्र केसी, भविश्वर पाण्डे, विमल खनाल, शंकर पोखरेल र विकाश खनाल रहेको समितिले जनाएको छ । समितिको पहिलो बैठक यहि पौष २८ गते बुधबार बस्ने जनाइएको छ । अधिवेशनको उद्घाटन तानसेन १ का वडा अध्यक्ष रामप्रसाद बस्यालले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बस्यालले होटल व्यवसायीहरुलाई एक भएर अगाडि बढ्न आग्रह गरेका छन् । कार्यक्रममा न्यू एकता क्लवका सदस्य शिव अर्याल, चण्डी सामुदायिक पुस्तकालयका अध्यक्ष सूर्य न्यौपाने, कमल बस्याल, मन्दिर संरक्षण समितिका अध्यक्ष तथा जनप्रतिनिधि नारायण न्यौपाने, वडाध्यक्ष पोषकान्त वस्याल लगायतले पर्यटक भिर्याउनका लागि होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि नयाँ नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा समितिका उपाध्यक्ष जयराम सापकोटाले समितिको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा समितिले होटल व्यवसायी समितिका साधारण सदस्य स्व.हरि विष्ट, भोजराज भट्टराई र ऋषिराम ज्ञवालीलाई सम्झिएको थियो । उद्घाटन शत्र नन्दलाल भूसालको सभापतित्व, समितिका सदस्य खडानन्द न्यौपानेको स्वागत, उपाध्यक्ष जयराम सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।
थप समाचार

Follow Us
View our latest news on any of these social networks!