Shittalpati
महिलालाई सीप सिकाउँदै  रैनादेवी गाउँपालिका

भुवन रायमाझी
पाल्पा (छहरा), जिल्लाको रैनदेवी छहरा गाउँपालिकाले स्थानीय महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको छ । सीपको माध्यमबाट आयआर्जन गर्न सकिने भन्दै गाउँपालिकाले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको हो । गाउँपालिका भित्रका महिलाहरुलाई आर्थिक रुपले सबल बनाउने योजनाका अगाडि बढेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

गाउँपालिको आयोजनामा सञ्चालन भएको दश दिने आर्य आर्जन तथा सीप वृद्धि तालिमको समापन कार्यक्रमम अध्यक्ष कार्कीले महिलाको जीवनस्तर उकास्न र आयआर्जनमा टेवा पु¥याउन सीप विकास सम्बन्धी तालिम विस्तार गरिएको जानकारी गराए । उनले उत्पादित वस्तुहरू गाउँपालिकाले नै खरिद गरिदिने हुँदा ढुक्क हुन महिलाहरुलाई आग्रह गरे । गाउँपालिकाले बजेट नै विनियोजन गरेर ५ वटा वडाका २१ जना महिलाहरुलाई माला, पोते चुरा बनाउने तालिम प्रदान गरेर उद्यमशिल बनाइसकेको गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापाले बताइन् ।

गाउँपालिकाले महिलालाई लक्षित गरी सीप विकासका कार्यक्रमलाई प्राथमितामा राखेकोे र सीपको अभावमा आयआर्जनबाट बञ्चित भएका महिलालाई स्वारोजगार तर्फ उन्मूख गराउन गाउँपालिकाले विभिन्न खाले तालिम विस्तार गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत खेतबहादुर खत्रीले बताए । तालिम लिन आएकी रैनादेवी छहरा २ सोमादीकी गोमा पाण्डेले घर आगनमै तालिम पाएपछि आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले स्थानीय सरकारले सीपयुक्त तालिमहरु प्रदान गरेर व्यावसायिक रुपमा लाग्न उत्प्रेरणा जगाएकोमा गाउँपालिकालाई धन्यवाद दिइन् । कार्यपालिका सदस्य लक्ष्मण हिताङले गाउँपालिकाले सञ्चालन गरेका तालिमहरुबाट सिकेका ज्ञान सीपलाई व्यवहारमा व्यवसायिक रुपमा प्रयोग गर्न महिलाहरुलाई आग्रह गरे । तालिमको प्रशिक्षण राधिका खनालले दिएकी थिइन् । गंगा घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update