Shittalpati
फरक क्षमता भएकालाई मैत्री क्लव तानसेनको खाद्यान्न सहयोग

पाल्पा । जिल्लामा क्रियाशिल सामाजिक संस्था मैत्री क्लव तानसेनले फरक क्षमता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । क्लवले रिब्दीकोट गाउँपालिका ३ खस्यौली स्थित मेलमिलाप नेत्रहिन तथा अपाङ्ग केन्द्रमा रहेका फरक क्षमताका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको हो । ४० औं सामाजिक दिवसका अवसरमा क्लवका पदाधिकारीहरुले केन्द्रमै पुगी चामल, दाल, आटा, चिउरा, नुन, तेल, व्याज, आलु, चिनी, लगायतका खाद्यान्नहरु सहयोग गरेका थिए । केन्द्रमा रहेका व्यक्तिहरुलाई खाद्यान्न अभाव भएको थाहा पाएपछि क्लवले ५० किलो चामल, १० किलो आटा, १० किलो चिउरा, ५ प्याकेट नुन, ८ लिटर तेल, ३ किलो प्याज, ८ किलो आलु, ७ किलो चिनी, ७ किलो दाल, चाउचाउ, अण्डा, एउटा बाल्टिन, ग्याँस र लत्ताकपडा सहयोग गरेको छ । केन्द्रमा अपाङ्ग, सुस्तमनस्थितीका चार जना व्यक्तिहरु रहेका छन् । हरेक वर्ष केन्द्रमा रहेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्दै आएको क्लवका निर्वतमान अध्यक्ष बेशन्तर शाक्यले बताए ।

खाद्यान्न वितरणमा संस्थाका अध्यक्ष सन्ध्या बज्राचार्य, उपाध्यक्ष अर्जुन शाक्य, पूर्व अध्यक्ष रिलमान महर्जन, निर्वतमान अध्यक्ष बेशन्तर शाक्य, सचिव मनिता शाक्य, ज्ञानामाला सभा महाचैत्य विहारका उपाध्यक्ष सुरज शाक्य लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । क्लवले पीडामा परेका नागरिकहरुका लागि खाद्यान्न, आर्थिक र भौतिक सहयोग गर्दै आएको छ । केही दिन अघि क्लवले रम्भा गाउँपालिका ३ का मृगौला पीडित रबि विकलाई आर्थिक सहयोग गरेको थियो । दुुवै मृगौलाले काम गर्न छाडेपछि उपचारमा समस्या भैरहेका बेला क्लव उनको घरमै पुगी दश हजार पाँच सय आर्थिक सहयोग गरेको हो ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update