Shittalpati
आर्थिक संम्वृद्धिका लागि उद्यमशीलता आवश्यक : गभर्नर नेपाल

पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ईमान्दार रुपमा काम गर्ने नेपालीलाई विभिन्न वित्तिय संस्थादेखी सरकारका विभिन्न नियकायबाट अनुदानदेखि सहुलियत दरमा ऋण प्रदान गरेको गभर्नर नेपालले बताए ।

नेपालका विनोद चौधरी र चन्द्र प्रसाद ढकाल जस्ता व्यक्तिहरु स–सानो उद्यमशिलताबाट नै नेपालका खरवपती भएका उदाहरण रहेको भन्दै उनले उद्यमशिलताबाट नै जीवनको परिवर्तन हुने विश्वास व्यक्त गरे । वित्तिय जागरण राष्ट्रिय अभियानलाई तानसेनमा सम्बोधन गर्दै गर्भनर नेपालले शिक्षा लिएका अधिकाशं व्यक्तिहरुको मानसिकता नै उच्च शिक्षा पढ्ने र जागिर खाने सोचाई रहेकोले नेपालमा वित्तिय प्रगती कमजोर रहेको बताएका हुन् । जबसम्म हामी नेपालीहरुमा जागिर मानसिकता त्यागेर उद्यमशिलताको मानसिकतामा परिवर्तन आउदैन तबसम्म आर्थिक रुपमा सम्पन्न हुन नसकिने उनले दावी गरे ।

आफुले लगाएको शिरदेखि पाउँसम्मका ९० प्रतिशत कपडा भारतीय र चाईनिज रहेकाले, दैनिक भान्सामा प्रयोग हुने खाद्यान्नको ९० प्रतिशत विदेशी उत्पादन रहेकाले नेपालमा जे उद्यमशिलता गरे पनि सफल भइने भए पनि नेपालीहरु अल्छी र अल्पज्ञान, वित्तिय जागरण नभएकै कारण दुई चार हजार कमाउन पनि अरव मुलुकमा भिसा लगाउनु परेको भन्दै गभर्नर नेपालले चिन्त व्यक्त गरे ।

पैसा सम्वन्धी जानकारी नहँुदा देश गरिव भएको बताउदै उनले जसले पैसा सम्बन्धी जानकारी लिई बचत गर्न सक्छ त्यही व्यक्तिले नै प्रगती गर्ने बताए । नेपालले वित्तिय जानकारीका अभावमा गरिवको समस्या उत्पन्न भएकाले बच्चादेखि नै वित्तिय ज्ञान आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराई, शाईन रेसुङ्गा विकास बैकका डेपुटी सिओ प्रकाश गुरुङ्ग, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, जनउत्थान सामुदायिक लघुवित्त संस्थाका अध्यक्ष बाबुराम विक लगायतले धारणा व्यक्त गरे । मिडिया इन्टरनेशनलका संयोजक माधव निर्दाेषको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update