Shittalpati
गुल्मीमा हप्तामा दुई दिन वित्तिय संस्थाहरु खुल्ने

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा हप्तामा दुई दिन मात्र वित्तिय संस्थाहरु खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी हप्तामा दुई दिन मात्र वित्तिय सेवा सञ्चालन गर्ने निर्णय भएको प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

उनका अनुसार जेठ २० गतेसम्म जिल्लामा सञ्चालनमा रहेका बैंकहरुको बैंकिङ्ग सेवा हप्ताको आईतबार र बुधबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्म सञ्चालन गर्ने निर्णय भएको छ । बीमा कम्पनीहरूलाई आइतबार तोकिएको हुँदा बैंक पनि आइतबार खोल्नुपर्छ भन्ने सर्वसाधारणबाट गुनासो आउनुका साथै स्थानीय तहको अनुरोधमा हप्तामा दुई दिन मात्र बैंकिङ्ग सेवा सञ्चालन गर्ने निर्णय भएको बताईएको छ । यस अघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जेठ ६ गते बसेको बैठकले एक तिहाई कर्मचारी परिचालन गरी हप्तामा एक दिन बुधबार बिहान १० देखि दिउँसो १ बजे सम्म मात्र बैंकिङ्ग सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update