Shittalpati
तानसेन बहुमुखी क्याम्पसद्वारा नगरपालिकाको राहत कोषमा सहयोग

पाल्पा । जिल्लाको तानसेन नगरपालिकाको कोरोना विपद् कोषमा तानसेन बहुमुखी क्याम्पसले आर्थिक सहयोग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा क्याम्पसले १७ हजार ४ सय ३२ रुपैयाँ सहयोग गरेको हो ।

मंगलबार क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीको नेतृत्वमा गएको सहायक क्याम्पस प्रमुख पुष्कर राज रेग्मी, प्राध्यापक संघ इकाई समितिका सचिव श्रीधर नेपाल, उप–प्राध्यापकहरु रामप्रसाद ढकाल, शंकर भण्डारी लगायतको टोलीले नगर प्रमुख अशोक कुमार शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै क्याम्पस प्रमुख ज्ञवालीले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा एकद्वार प्रणालीबाट खर्च गर्ने गरी नगरपालिकाले स्थापना गरेको कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले राहत रकम सहयोग गरिएको बताए ।

रकम ग्रहण गर्दै नगर प्रमुख शाहीले क्याम्पसले गरेको सहयोगको प्रशंसा गर्दै उक्त राहत रकम विभेदरहित र पारदर्शी ढङ्गले गरिने बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने वर्गहरुका लागि सहयोगले केही भए पनि राहत पुग्ने क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले विश्वास व्यक्त गरे । उनले भने ‘क्याम्पसले प्रध्यापक र कर्मचारीहरुको तलबबापतको केही रकम राहत कोषमा जम्मा गरिएको हो ।’

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update