Shittalpati
फराकिलो बन्यो तानसेन–हार्थोक सडक
फराकिलो बन्यो तानसेन–हार्थोक सडक पाल्पाको मुख्य सडक तानसेन–हार्थोक सडक विस्तारको कामले तीव्रता पाएको छ । तानसेन–तम्घास सडकअन्तर्गत तानसेन नगरपालिकाभित्र पर्ने सडक चौडा बनाउने काम भएको हो । ‘लकडाउन’को अवधिमा पनि तानसेन नगरपालिकाले बतासेडाँडा, ढुङ्गाखानी, सम्मोबारी, सामाकोट र बाहुनडाँडासम्म सडक विस्तारको कामलाई निरन्तरता दिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।
रिडीमा तीनमुखे पुलको काम धमाधम, पुल बन्ने पक्का भएपछि स्थानीयमा खुसी
रिडीमा तीनमुखे पुलको काम धमाधम, पुल बन्ने पक्का भएपछि स्थानीयमा खुसी बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ । करीब छ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो ।
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम बन्दाबन्दीका कारण धेरै बालबालिकाहरु प्रभावित भएका छन् । प्रभावित बालबालिकाहरुका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न प्रयासहरु भएका छन् । पाल्पामा पनि लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न माध्यमबाट शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरिहेका छन् ।
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस १४ औँ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘सम्पूर्ण दलित समुदाय एक हौँ’ भन्ने नाराका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने लामो समयदेखिको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र उपभोक्ता बढी प्रभावित भएपछि बिहीबारदेखि रामपुर क्षेत्रका बजार आंसिक रुपमा खुल्ने भएका छन् । रामपुर उद्योग वाणिज्य संघले सहजताको लागि निश्चित समय मिलाएर बजार खुलाउन लागेको हो । रामपुर नगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालय सँगको समन्वयमा संघले समय तालिका अनुसार सरकारले...
हजारौँ भारतीय सीमामा अलपत्र
हजारौँ भारतीय सीमामा अलपत्र रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन् । दुई भाइ र दुई बहिनीसँगै उक्त भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले...
जातिय विभेद विरुद्ध मदानेमा विरोध  प्रदर्शन
जातिय विभेद विरुद्ध मदानेमा विरोध प्रदर्शन देशका विभिन्न स्थानमा भएका जातिय विभेदको घटनाका विरुद्ध जिल्लाको स्थानीय तहमा पनि विरोध प्रदर्शन गरिएको छ । सोमबार जिल्लाको मदाने गाउँपालिकामा दलित साझा मञ्चको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो । जिल्लाको कालिगण्डकी गाउँपालिका फोक्सिङ्गमा भएको जातिय भेदभाव, कास्की पोखराको दलित क्रियापुत्रीमाथि गरिएको विभेद, रुपन्देहीको देवदहमा दलित बालिकाको बलात्कार र हत्या,...
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’ राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकोमा गुनासो गरेका छन् । सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामलखन चमारले बजेटमा आगामी वर्ष विपन्न, अपाङ्गता भएकाका बालबालिका, शहीदका...
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीका दलित अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गर्दै जातिय छुवाछुत र विभेदको अन्त्य गरौं भन्ने लेखिएका प्ले कार्ड हातमा लिएर धर्ना समेत दिएका थिए ।
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ जिल्लाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई जना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र...
रुकुम घटनाको विरोधमा रामपुरमा प्रदर्शन सहित विरोध सभा
रुकुम घटनाको विरोधमा रामपुरमा प्रदर्शन सहित विरोध सभा देशैभर रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा घटेको जातिय विभेद र हिंसात्मक घटनाको विरोध भैरहेका बेला शनिबार जिल्लाको रामपुरमा पनि प्रदर्शन सहित शान्ति पूर्ण विरोध सभा भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित समन्वय समिति रामपुरले विरोध सभा गरेको हो । जाजरकोट भेरी नगरपालिका ४...
Weather Update