Shittalpati
फरार अभियुक्त पक्राउ

पाल्पा । बहुबिबाह मुद्दाको फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा अदालबाट बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका तिनाउ गाउँपालिका ३, दोभानका ४१ वर्षिय नारायण खरेल पक्राउ परका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको सादा पोशाकको प्रहरीले बुटवल प्रहरीको समन्वयमा बुटवलबाट पक्राउ गरेको प्रादेशिक प्रहरीले जनाएको छ । बुटवलको बुद्दनगरमा लुकुछिपी बसोबास गर्दै आएका खरेललाई उनकै निवासबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई पाल्पा अदालतको लगत नं.६३१ मा उल्लेखित बहुबिबाह मुद्दामा दोषी ठहर गरिएको थियो । खरेलको १ बर्ष ५ महिना १६ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update