Shittalpati
बाघको आक्रमणबाट मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् । घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको हो । शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको उनले जानकारी दिए । –रासस

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update