आज विश्व शहरीकरण दिवस मनाइदैं
शनिबार, कात्तिक १५, २०७७

बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी
शनिबार, कात्तिक १५, २०७७
मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।

बाबुले गराइदिए छोराको चौरासी पूजा
शुक्रबार, कात्तिक १४, २०७७
हाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ ।

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ
बुधबार, कात्तिक १२, २०७७
दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।

पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी
बिहीबार, कात्तिक ६, २०७७
पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५/७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएका थिए ।

कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना
बिहीबार, कात्तिक ६, २०७७
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादी जन्मथलो भई नेपाल प्रहरीमा तत्कालीन समयमा नेपालकै पहिलो खुल्ला प्रतिष्पर्धाद्वारा प्रहरी इन्सपेक्टर पदमा प्रथम स्थान हासिल गरी सेवा प्रवेश गरेका पूर्व डि.एस.पी. स्व. कुलनन्द ठाकुर नेपालको स्मृतिमा स्व. कुलानन्द ठाकुर नेपाल स्मृतिप्रथम पुरस्कार स्थापना गरिएको हो...

कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था
बिहीबार, कात्तिक ६, २०७७
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।

शिक्षा र सामाजिक विकास समितिका संयोजक बिच छलफल
बुधबार, कात्तिक ५, २०७७
स्थानीय तहका शिक्षा प्रमुख र सामाजिक विकास समितिका संयोजक÷जनप्रतिनिधिहरु बिच तानसेनमा छलफल भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा आव २०७७/०७८ को स्थानीय तहमा वित्तिय हस्तान्तरण भएका शसर्त अनुदान कार्यक्रमका विषयमा छलफल भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने
बुधबार, कात्तिक ५, २०७७
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो ।

राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय
मंगलबार, कात्तिक ४, २०७७
गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यमिक विद्यालयका छात्र राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा द्वितीय भएका छन् । विश्व मुटु दिवस–२०२० को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानको आयोजनामा भएको निबन्ध प्रतियोगितामा लुम्बिनी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयका छात्र सन्देश पौडेल द्वितीय भएका हुन् ।

दसैँ प्रारम्भः घर–घरमा जमरा राखिदै
शनिबार, कात्तिक १, २०७७
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर–घरमा जमरा राखिदै वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

पाल्पामा अबैध काठ ओसार–पसारको अभियोगमा थप दुई जनालाई पक्राउ पुर्जी
शुक्रबार, असोज ३०, २०७७
अवैध रुपमा सालको काठ ओसार –पसार गरेको अभियोगमा जिल्ला वन कार्यालयले थप दुई जनालाई पक्राउ पुर्जी जारी गरेको छ । डिभिजन वन कार्यालयले सवारी धनी धन बहादुर घर्ती र काठ धनी राम प्रसाद सुनार (अशोक विश्वकर्मा) लाई पक्राउ पुर्जी जारी गरेको हो ।

गाँजा खान नपाएपछि साथीको हत्या
बिहीबार, असोज २९, २०७७
बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।