लकडाउनले ओडारमा पुर्यायो
बिहीबार, असोज २२, २०७७

पाल्पामा लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्त कारागार चलान
बुधबार, असोज २१, २०७७
पाल्पामा लागूऔष र चोरी मुद्दाका फरार अभियुक्तलाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले अदालतबाट दोषी भई फरार रहेका अभियुक्तलाई पक्राउ गरि कारागार चलान गरेको जनाएको छ ।

प्रदेश राजधानीको विरोधमा पाल्पामा पनि काँग्रेसको प्रदर्शन
सोमबार, असोज १९, २०७७
प्रदेश पाँच सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । प्रतिपक्ष दल नेपाली काँग्रेसको नेतृत्वमा ठाउँ–ठाउँमा विरोध प्रदर्शन भएका हुन् ।

डा.गोविन्द केसीको समर्थनमा पाल्पामा प्रदर्शन
आइतबार, असोज १८, २०७७
स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा पाल्पाली युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । अनसनको २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै युवा सजगता अभियान पाल्पाले आइतबार प्रदर्शन गरेको हो ।

चाडपर्वसँगै अब गाउँघर संक्रमणको जोखिममा
शनिबार, असोज १७, २०७७
चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।

पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु
शनिबार, असोज १७, २०७७
जिल्लाको तिनाउ गाउँपालिका ४ मा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ ।

बेवारिसे बालबालिकाको पुनःस्थापना
बिहीबार, असोज १५, २०७७
जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनःस्थापना गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति, सरोकारवालाको सहयोग तथा समन्वयमा पुनःस्थापनाका लागि उनीहरूलाई सुर्खेत पठाइएको हो ।

गुल्मीदरबारका सामुदायिक विद्यालयलाई ‘थर्मल गन’
मंगलबार, असोज १३, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सामुदायिक विद्यालयलाई ज्वरो मापन गर्ने यन्त्र (थर्मल गन) वितरण गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले गाउँपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालय र २ वटा बाल विकास केन्द्रलाई गाउँपालिकाको प्राङ्गणमा थर्मल गन हस्तान्तरण गरेका हुन् ।

बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
मंगलबार, असोज १३, २०७७
बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

‘विद्युत अवरुद्धको कारण झुम्सा र वर्षातलाई मात्र नदेखाउ’, कार्यालय प्रमुख भन्छन्– ‘समस्या समाधानमा लागि परेका छौं’
सोमबार, असोज १२, २०७७
विद्युत अनियमितता भएपछि आइतबार नेपाल नागरिक समाज डेलिगेशन गएको छ । नागरिक समाजले उज्यालो पाल्पा बनाउनका लागि विकल्प खोज्न विद्युत कार्यालयलाई आग्रह गरेको छ ।

विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाऊ : नागरिक समाज
आइतबार, असोज ११, २०७७
नेपाल नागरिक समाज पाल्पाले विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाउन नेपाल विद्युत् प्राधिकरण वितरण शाखा पाल्पालाई आग्रह गरेको छ । पाल्पामा लाइन जान साथ वितरण शाखाले हरेक पटक झुम्सा, कोरोना र वर्षात्लाई कारण देखाउदै उम्कने गरेको भन्दै नागरिक समाजले अब त्यसको विकल्प खोज्न आग्रह गरेको छ ।

सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए...
आइतबार, असोज ११, २०७७
आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् ।

बाघको आक्रमणबाट मृत्यु
शनिबार, असोज १०, २०७७
भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।