Shittalpati
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो

गुल्मी, गुल्मीको मुसिकोट नगरपालिका–३ मा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको ज्यान गएको छ । मुसिकोट नगरपालिका कुवापानी बस्दै आएका अरमाजाका १४ वर्षीय गगन रायमाझीको विद्यालय जाने क्रममा डोजरले फालेको ढुंगाले लागेर आज विहान ज्यान गएको वडा अध्यक्ष शंकर रायमाझीले बताए ।

रायमाझी नजिकैको पृथ्वी मावि मैदानमा अध्ययन गर्न हिडेका बेला सडकमा काम गरिरहेको डोजरले ढुंगा फाल्दा घाइते भएका थिए । ‘डोजरले बाटो सफा गर्दै गर्दा ढुंगासहितको माटो खसेर तलबाट आउदै गरेका रायमाझीलाई लागेको हो’ वडा अध्यक्ष रायमाझीले भने । घाइते उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डोजर चालक भने फरार रहेको वडा अध्यक्ष रायमाझीले बताए । उनका अनुसार मृतक रायमाझी फुपुको घरमा बसेर पढ्दै आएका थिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update