Shittalpati
पाल्पामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

कृष्ण पोखरेल
पाल्पा, जिल्लामा सुरक्षित गर्भपतन सेवाबारे सचेतना बढाएसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको पाईएको छ । विभिन्न किसिमको जनचेतनासँगै, गाउँ–गाउँका स्वास्थ्य चौकीहरुमा सुरक्षित गर्भपतनको सेवा सञ्चालनले अवैध रुपमा हुने गर्भपतन रोकिएपछि सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको हो । जिल्लामा सुरक्षित गर्भपतन सम्बन्धी काम गर्दै आएको आईपास नेपालले पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा सुरक्षित गर्भपतन गराउने किशोरीहरुको सख्यामा वृद्धि भएको जनाएको छ । जिल्लामा प्रत्येक वर्ष सुरक्षित गर्भपतन गराउने संख्या बढेको हो । विगत ३ वर्षको तथ्याड्ढलाई हेर्दा जिल्लामा सुरक्षित गर्भपतनको संख्या बढेको पाइएको छ । आ.व. २०७४/०७५ मा १ हजार ३ सय २१ जनाले सुरक्षित गर्भपतन गराएका थिए । सचेतनाका कार्यक्रमहरु वृद्धि भएसँगै आ.व.०७५/०७६ मा वृद्धि भएर १ हजार ८ सय १८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ सय ३१ जनाले गर्भपतन गराएको तथ्याड्ढमा उल्लेख गरिएको छ । सुरक्षित गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो ।

नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ, गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न सक्ने कानुनले मान्यता दिएको छ । महिलाहरुसँग सुरक्षित गर्भपतनका विषयमा जानकारी पुगेको, सुरक्षित गर्भपतनका संस्थाहरु बढेको, सरकारले १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएका कारण गर्भपतनको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपाने बताए । सुरक्षित गर्भपतन सेवालाई न्यूनिकरण गर्दै लैजाने, परिवार नियोजनका अस्थायी साधनको प्रयोग बढाउने गरी स्वास्थ्य कार्यालयले काम गर्दै आएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा आइपास नेपालका जिल्ला संयोजक स्वंयम अहमदले सुरक्षित गर्भपतनको अवस्था, सुरक्षित गर्भपतनको उद्देश्य, सुरक्षित गर्भपतनका सेवा सुविधाहरु, सुरक्षित गर्भपतनको कानुनी अवस्था, सुरक्षित गर्भपतन गर्न नपाउने अवस्थाहरु, औषधीबाट गर्न हुने सुरक्षित गर्भपतन, सुरक्षित गर्भपतनका लागि नेपाल सरकारले विनियोजन गरेको बजेटको व्यवस्था, १२ हप्तादेखि २८ हप्तासम्म गर्भपतनको अवस्थाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा पत्रकार पिताम्वर सिग्देलले सुरक्षित गर्भपतनको विषयमा सञ्चारमाध्यले खेलेको भूमिकाको विषयमा चर्चा गरेका थिए ।

उनले राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यले सुरक्षित गर्भपतनको बारेमा प्रकाशित तथा प्रसारित समाचारको अवस्था, सुरक्षित गर्भपतनलाई नकारात्मक भन्दा पनि सकारात्मक किसिमका समाचारको प्रकाशन तथा प्रशारण गर्नुपर्ने, यौन शिक्षा, सुरक्षित गर्भपतन सेवाका विषयमा जनचेतना फैलाउनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले सरकारले गर्भपतन सेवालाई कानुनी मान्यता दिएपछि नेपालका धेरै महिलाहरुको स्वास्थ्य क्षेत्रमा सुधार भएको, धेरै महिलाहरु मृत्यु हुनबाट जोगिएको, जिल्लाबाट हुने गर्भपतनलाई विभिन्न किसिमबाट विश्लेषण गरी न्यूनिकरणमा संस्थाले ध्यान पुर्‍याउनुपर्नेमा अध्यक्ष अर्यालले जोड दिए । संस्थाले विगत केही वर्षदेखि पाल्पा लगायत १९ जिल्लामा सुरक्षित गर्भपतनको विषयमा सहजीकरण गर्दै आएको छ । सरकारी संस्थामार्फत हुने सुरक्षित गर्भपतनमा सहजीकरण तथा तालिम प्रदान गरी गुणस्तरीय सेवा प्रदान गर्न काम सस्थाले गर्दै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रभाष पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update