Shittalpati
गुल्मीमा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु

रामचन्द्र रायमाझी
पाल्पा, गुल्मीका बाह्र वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न नेपाल सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्डले जिल्लाका सबै स्थानीय तहमा मंगलबारदेखि कार्यक्रम शुरु गरेको हो । सुदूरपश्चिम प्रदेशको कैलालीबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम ५१ औं जिल्लाको रूपमा गुल्मीमा शुरु भएको स्वास्थ्य बिमा बोर्ड प्रदेश पाँचले जनाएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहित जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिका तथा गाउँपालिकका प्रमुख तथा उप–प्रमुखहरुले स्वास्थ्य बिमा गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्य सम्बन्धी सूचाड्ढमा आमूल परिवर्तन ल्याउने र देशलाई विकासशील मुलुकको सूचीमा पु¥याउने लक्ष्य अनुरुप देशैभर स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि बढाएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेले बताए । उनले भने ‘देशैभरका जनताहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने गरी हामीहरु अगाडि बढेका छौं, कार्यक्रम लागु भएका ५० वटै जिल्लामा प्रभावकारी ढंगले सेवा प्रभाव भइरहेको छ ।’ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि गुल्मीका ९३ वटा वडामा ९३ जना दर्ता सहयोगीहरुलाई तालिम र सफ्टवेयर सहित आवश्यक सामग्री दिई खटाई सकिएको दर्ता अधिकारी दिपेन्द्र विष्टले बताए ।

दर्ता सहयोगीहरुले प्रत्येक घर–घरमा पुगी फोटो खिचाएर परिवारका प्रत्येक सदस्यहरुलाई बिमा कार्ड वितरण गर्नेछन् । एउटा वडामा १ जना दर्ता सहयोगी खटाइएको छ । जिल्लामा दुई लाख ९७ हजार जनसंख्या रहेको छ । प्रत्येक घरबाट नै रसिद लिई ५ जनाको परिवारका सदस्यबाट ३ हजार ५ सय र त्यसभन्दा माथिका सदस्यहरुका लागि प्रत्येक सदस्य सात सयका दरले रकम बढी लाग्ने छ । ५ जनाका परिवारका सदस्यको ३ हजार ५ सय रकम बुझाउँदा वर्षको एक लाख बराबरको उपचार पाइने छ, भने पाँच जनाभन्दा बढी भएको परिवारको सदस्यको हकमा प्रत्येक सदस्य बराबर २० हजार सेवा थप हुने दर्ता अधिकारी विष्टले जानकारी दिए ।

बिमा गरेका प्रत्येक सदस्यहरुले प्राथमिक उपचार गराउने केन्द्र, जिल्लाका अस्पताल र केन्द्रका अस्पताल कुन–कुनमा उपचार गराउने हो त्यस सम्बन्धी विवरण पनि भर्नुपर्ने हुन्छ । जिल्लामा प्रत्येक परिवारले उपचार सेवा लिनका लागि नजिकको स्वास्थ्य चौंकीलाई प्राथमिक उपचार केन्द्रका रुपमा भर्नुपर्ने छ भने, त्यसपछि जिल्ला अस्पताल र स्वास्थ्य बिमामा आवद्ध स्वास्थ्य संस्थाहरुलाई लिन सक्ने छन् । एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई एक लाखसम्मको स्वास्थ्य सेवा प्रदान गरिने छ । माघ, फागुन र चैत्र महिनामा बिमा रकम बुझाउने व्यक्तिले जेठ महिनाबाट उपचार पाउन सक्ने दर्ता अधिकारी विष्टले बताए । उपचार गर्दा रकम कति खर्च भयो भनेर सम्वन्धित अस्पतालबाट हेर्न मिल्ने व्यवस्था गरिएको छ । बिमा बोर्डले बिमा रकम सकिन १० प्रतिशत बाँकी भएपछि मोवाइलमा म्यासेज पठाउने व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update