Shittalpati
बैंक म्यानेजरमाथि हातपात गरेको अभियोगमा  पक्राउ

पाल्पा, हिमालयन वैंक पाल्पा शाखाका प्रवन्धक माथि हातपात गरेको अभियोगमा एक महिलालाई शुक्रवार दिउसो पाल्पा प्रहरीले पक्राउ गरेको छ । रेग्मी जनरल सप्लायर्स र रेग्मी स्टार्स पाल्पा तानसेनकी प्रोप्राराईटर मन्जु रेग्मीले, ऋण नपाएको झोकमा बैंकका हाकिम माथि २०८२ माघ २५ गते दिउसो ३ बजेको समयमा हातपात गरेकी थिईन् । 

रेग्मीले हातपात गरे पछि हिमायन बैकको तर्फबाट हातपात र अभद्रव्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पा समक्ष बैंकका म्यानेजर प्रकाश सुवेदीले लिखित जाहेरी दिएका थिए । जाहेरी पछि, रेग्मीलाई प्रहरीले नगरानी राखेको थियो । चैत्र ६ गते शुक्रवार पाल्पा उद्योग वाणिज्य संघको निर्वाचनमा मनोनयनका लागि संघको कार्यालयमा आएको मौकामा महिला प्रहरीले नियन्त्रणमा लिएर सोध पुछ भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश चौधरीले शित्तलपाटीडटकम संग पुष्ट गरे । प्रहरीले नियन्त्रण लिए पछि, आरोपि मन्जु रेग्मीले भने,आफुले गल्ती नगरको जिकिर गरेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update