Shittalpati
अर्घाखाँचीमा जीप दुर्घटना दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँची,अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप  (फोर्स गाडी) दुर्घटना हुँदा  दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । 

सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४  को  सो जीप  आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा  दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  दिवस जिसीले जानकारी दिए ।  उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु हुनेमा  गुल्मी मदाने गाउँपालिका।–६ पुर्कोटका  १० वर्षीय  अरुणा थापा र   मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए । घाइतेको अर्घाखाँची  अस्पतालमा उपचार भैरहेको छ । एकजना  घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update