
तानसेन (पाल्पा), यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीलेदुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गरिन् तर उनको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उनी विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उनलाई श्रीमान् र घरपरिवारबाट घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्कागर्ने र छोरालाई स्याहार नगरेको आरोप लगाउन थाले । आफूमाथिको आरोप उनलाई सह्य नभएपछि घर झगडा सुरु भयो । श्रीमानले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि उनले जिल्ला अदालतमा सम्बन्धविच्छेद (पारपाचुके) सम्बन्धी मुद्दा दर्ता गरिन् । त्यसपछि घरमा थप कलह बढ्यो । उनी आफ्नो घर त्यागेर माइती घरमा बस्न थालिन् । उनको पति–पत्नीको सम्बन्धविच्छेदको मुद्दा गएको जेठ १९ गते अलग हुने सहमतिमा मिलापत्र भयो ।
हाल ती युवती श्रीमानबाट अंशसमेत नलिई सम्बन्धविच्छेद गरेर माइतमा बस्तै आएकी छन् । यसैगरी, रम्भा गाउँपालिकाकी अर्की महिलाले पनि सम्बन्धविच्छेद गरेकी छन् । विदेशमा रहेका श्रीमानसँग अविश्वास बढेपछि बिहे गरेको ४ वर्षमा सम्बन्धविच्छेद गर्नु पर्यो । तानसेनकी एक महिलाको पनि पीडा उस्तै छ । १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गरिन्। आमाबुबाको काखमा खेल्ने उमेरमा विवाह गरेकी उनले सोचेअनुसार वैवाहिक जीवन चल्ननसकेपछि जिल्ला अदालत पाल्पाबाट सम्बन्धविच्छेद गरिन् । पतिले मदिरा सेवन गरी कुटपिटगर्ने, मानसिक तथा शारीरिक यातना दिने, अन्य केटीसँग लागेका कारण उनले सम्बन्धविच्छेद गर्नुपरेको बताइन् । “सानैमा परिवारका केही सदस्यको करकापमा लतारेर विवाह गराइदिनुभयो । मैले धेरै दुःख पाएँ, श्रीमानले दिएको पीडा सहन नसके पछिसम्बन्धविच्छेद गरेँ”, उनले भनिन् । पारिवारिक खटपट भए पनि यसअघि सम्बन्धविच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्ध विच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । रम्भा गाउँपालिकाका एक युवाका आठ वर्षकी छोरी र डेढ वर्षका छोरा छन् । २८ वर्षको उमेरमै दुई छोराछोरी पाइसकेका उनले २४ वर्षकी श्रीमती सीमासँग २०८२ असार १९गते सम्बन्ध विच्छेद गरे । श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने,आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्ध विच्छेद गर्नु परेकोउनले बताए । रामपुरका ३५ वर्षीय अर्का युवाले पनि २७वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गरे । २०७० मा प्रेमविवाह गरेका उनका पनि सात वर्षका छोरा र दुई वर्षकी छोरी छन् । ती युवाले श्रीमती परपुरुषसँग लागेको थाहा पाएपछि सम्बन्ध विच्छेद गरेका हुन् ।
‘टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएपछि सम्बन्धविच्छेद गरीपाऊँ’, भनी उहाँले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अपरिपक्वविवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण पाल्पामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्यामा वृद्धि भएको छ । जिल्ला अदालत पाल्पामा तीन वर्षमा सम्बन्धविच्छेदका मात्र एक हजार ३५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीका अनुसार २०७९/८० मा ४४३, २०८०/८१ मा ४२८ र २०८१/८२ मा ४८५ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षमा कुल ८१५ मुद्दा दर्ता भएकामा सम्बन्ध विच्छेदका मात्र ४८५ रहेका छन् ।अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्ध विच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने गरेको स्रेस्तेदार पराजुलीले बताए । उनका अनुसारदर्ता मुद्दामध्ये एक हजार १४२ वटा फछ्र्यौट भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग,कम उमेरमा विवाह, वैदेशिक रोजगारजस्ता कारणले गर्दा पारिवारिक बेमेल भएकाले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका हुन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रबाट बढी सम्बन्ध विच्छेदकामुद्दा आउने गरेका उनको भनाइ छ ।
अझ रोचक तथ्य के छ भने यहाँ सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा ४८५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा ६६ वटा मुद्दा पुरुषलेदर्ता गरेका थिए । पुरुषले दिएका अधिकांश मुद्दा पक्षमा फैसला भएका छैनन् । महिलाअर्थात् पत्नीलाई प्रतिवादी बनाएर पुरुष अर्थात् पतिले सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दादिनेका संख्या बढेको छ । पछिल्लो वर्षमा यस्ता खालका मुद्दा बढेका हुन् । तर,दाबीसहितको प्रमाण अपुग हुने गरेको पाइएको छ । केही पक्षमा फैसला भएको छ । पुरुषले दर्ता गरेका अधिकांश मुद्दामा प्रमाण नपुगेको अदालतका तहसिलदार रामप्रसाद पोखरेलले बताए । विपक्षी महिलाले प्रति उत्तर नलगाएका मुद्दा र दाबी अनुसारका प्रमाणपुगेका केही मुद्दामा मात्रै पुरुषको पक्षमा फैसला भएको पोखरेलको भनाइ छ । “पीडा दबाएर बसेका पुरुषहरू पनि नयाँ कानुन आएपछि सम्बन्धविच्छेद गर्न अग्रसर देखिएका हुन्,”स्रेस्तेदार पराजुलीले भने “सम्बन्ध विच्छेद अहिले फेसन भएको छ, सम्बन्धविच्छेद गर्न पतिपत्नीबीच प्रतिस्पर्धा हुने गरेको देखिएकोछ ।” सम्बन्धविच्छेद गर्न आउँदा उनीहरूले कुटपिट गरेको,खान लाउन नदिएको भन्ने गुनासो गर्ने गरेका छन् । तर, वास्तविकता त्योभन्दा फरक भएको पराजुली बताउन्छन् । “पछिल्लो समयमा सामाजिक सञ्जाल, श्रीमानहरू वैदेशिक रोजगारीमा रहेका महिलाहरू सम्बन्ध विच्छेद गर्ने गरेको देखिएको छ,”उनले भने “बर्सेनि सम्बन्ध विच्छेद गराउनेको संख्या डरलाग्दो रुपले वृद्धि भइरहेको छ । अहिले त पुरुषकोसंख्या पनि बढ्दै गयो ।” स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्ध विच्छेदकाघटनाले प्रशय पाएको स्रेस्तेदार पराजुली बताउन्छन् । उनले भने, “सकेसम्म पुनः घरबार होस् भनेर हामीले मेलमिलापगराउने प्रयास गरेका छौँ, तर परिस्थिति सोचेअनुरुप नभएपछि एउटा निर्णय गर्न बाध्यछौँ ।” यसलाई न्यूनीकरण गर्न समाज र अभिभावक सतर्क नरहने हो भने अझ भयावह बन्ने उनको बुझाइ छ । यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्ध विच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षकोसमय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्ध विच्छेदमा अग्रसर हुने गरेकोदेखिएको अधिवक्ता शिवप्रसाद देवकोटाले बताए । सम्बन्ध विच्छेद बढ्नुका मुख्य कारण वैदेशिकरोजगार भएको उनको बुझाइ छ । अधिवक्ता देवकोटो भन्छन्, “कामको खोजीमा श्रीमान् वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
लामो समयसम्म श्रीमान् श्रीमतीटाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्का–उपशङ्का गर्न थाल्छन् रसम्बन्धविच्छेदको बाटो खुल्छ ।” कम उमेरमा विवाह, प्रेम विवाह, पितृ सतात्मक सामाजिक संरचनाबाट ग्रसित जस्ता कुराले पनि सम्बन्धविच्छेद हुने गरेको उनले बताए । देवकोटाले भने, “प्रेमी–प्रेमिकाले विवाह हुनुपूर्व एक आपसमा आश्वासन बाँड्ने तर विवाहपछिती आश्वासन पूरा नगर्ने, अर्कोतर्फ माइतीमा आमा/बुबाले दिने मानसम्मानसासू, ससुराबाट नपाउँदा पनि घरायसी झगडाबाट श्रीमान्, श्रीमतीको सम्बन्धटुट्न पुग्छ ।” सूचना प्रविधिको प्रयोगबाट हुने विवाहमा पनि सम्बन्धविच्छेद हुनेगरेको उनको भनाइ छ । सम्बन्धविच्छेदलाई आज पनि पारिवारिक रूपमा कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ । दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णयगर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको छ । बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने महिला अधिकारकर्मी गङ्गा पौडेल बताउन्छिन् । सम्बन्धविच्छेदका सकारात्मक भन्दा नकारात्मक असर भेटिने उनको भनाइ छ तर सम्बन्धविच्छेदसँग बालबालिकाको उदासीपनसँगै सकारात्मक पक्ष पनि जोडिएको हुन्छ। “दैनिक हुने झै–झगडाबाट मुक्त हुँदा उनीहरूमा सकारात्मक असर पनि देखिएका हुन्छन्”पौडेल भन्छिन् ।