Shittalpati
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँची,  अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।  

ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले  जानकारी दिए । दुर्घटनामा  पणेना–१ की कपिला खनाल पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन् । उनीहरुको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update