Shittalpati
भिमादमा जिप दुर्घटना : मृतकको संख्या २ पुग्यो

दमौली, तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो । सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा दशजना घाइते भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update