Shittalpati
आज जेष्ठ नागरिक दिवस मनाइँदै

पाल्पा, आज ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सबै पुुस्ताका लागि जेष्ठ नागरिकको मानवअधिकार बारे विश्वव्यापी घोषणा गरिएका वाचा पुरा गरौं’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९० देखि अक्टोबर १ लाई संसारभर नै अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्‍याउने उद्देश्यसाथ विश्वभर यो दिवस मनाइन्छ । नेपालमा डेढ दशकदेखि जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो । पछिल्लो केही वर्षदेखि जेष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गए पनि समाजमा जेष्ठ नागरिकलाई अपमान गर्ने घट्ना भने बढिरहेका छन् । ज्येष्ठ नागरिकमाथि आपसी विश्वासघात, शारीरिक वा मनोवैज्ञानिक क्षति, आर्थिक बेवास्ता, यौनजन्य दुव्र्यवहार, बेवारिस पार्नु र अधिकारका लागि सडकमा उत्रन बाध्य हुनु प्रमुख समस्याका रूपमा देखिएको छ ।

सरकारले २०५१ सालदेखि मासिक जेष्ठ नागरिक भत्ता दिर्दै आएको छ । जेष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा जेष्ठ नागरिकका लागि दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ । तर सहज रुपमा कार्यान्वयन हुन सकिरहेको छैन् । सरकार स्वयंले जेष्ठ नागरिकलाई दिइएका सुविधा र सुरक्षा पर्याप्त छैन । संविधानमा जेष्ठ नागरिकको हक सम्बन्धी व्यवस्थालाई मौलिक हकको रूपमा राखिएको छ । सार्वजनिक यातायातमा सहुलियत, सरकारी अस्पतालमा बेड छुट्याउने, सेवाप्रदायक निकायबाट विशेष सुविधा दिने व्यवस्था, केन्द्रीय जेष्ठ नागरिक कल्याण कोषको स्थापना गरी असहाय, दुव्र्यवहारबाट पीडित जेष्ठ नागरिकलाई राहत, सुरक्षा र स्वास्थ्य उपचार प्रदान जस्ता व्यवस्था गरिएको छ । तर ति व्यवस्थाबाट धेरै जेष्ठ नागरिक बञ्चित हुनु परेको छ । मातृ देवो भव, पितृ देवो भव भनिए पनि आमरूपमा घर–घरमा आमाबुबा अपहेलित जीवन जिउन बाध्य छन् । स्कुल र कलेजको पाठ्यसामग्रीमा जेष्ठ नागरिकप्रति गर्नुपर्ने सम्मानको विषय समावेश गरिनुपर्ने आवाज समेत उठेको छ । तर सरकारले त्यसतर्फ ध्यानै दिएको छैन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update