
पाल्पा, कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका –१४ कमलपोखरीस्थित कालिगण्डकी नदिको किनारमा सडी गलेको अवस्थामा पुरुष व्यक्तिको जस्तो देखिने शव फेला परेको हो ।
नदी किनारमा घोप्टो अवस्थामा शव फेला परेको खबर प्राप्त हुनासाथ र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र प्रहरी चौकी अर्गेलीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले शवको पहिचान गरी पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए । उक्त शवको टाउकोको गिदीको भागमा केही नभएको, शवको शरीरमा कपडा नभएको र सडीगलेको अवस्थामा रहेकाले पहिचान समेत गर्न सकिने अवस्थामा नरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।