Shittalpati
हँसिया प्रहार गरी बालकको हत्या

पाल्पा, स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । स्थानीयको हँसिया प्रहारबाट अर्जुनचौपारी गाउँपालिका– ६ सिउँडीबारीका ९ वर्षीय बालक हर्षित देवकोटाको मृत्युु भएको हो ।

 उनलाई सिउँडीबारीका २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार थिए । उनलाई खोजतलास गर्ने क्रममा  प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । यद्यपी घटनाको कारण भने खुल्न सकेको छैन् ।  

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update