Shittalpati
रामपुरका सहकारीलाई सूूचना प्रणाली व्यवस्थापन तालिम

पाल्पा, जिल्लाको रामपुरमा सहकारीको सुचना प्रणाली व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको छ । नगर भित्र रहेका सहकारीहरुलाई सूूचना प्रविधित्री बनाउने र सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरिएको हो ।

संस्थाका व्यवस्थापकहरुका लागि कोपोमिस सम्बन्धी तालिम दिइएको नगरपालिकाले जनाएको छ । तालिमको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै नगर प्रमुख थापाले सहकारीलाई सूचना प्रविधिमैत्री बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सहकारीहरुको विकास र प्रवद्र्धनका लागि नगर सरकारले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।

उनले भने ‘सहकारीको प्रवद्र्धन मात्र नभई अनुगमन, नियमन गर्ने अधिकार स्थानीय तहको हो,त्यसैले सहकारीलाई नियमसंगत तवरले सञ्चालन गर्नुुहोस् ।’ सहकारीको मापदण्ड अनुसार सञ्चालन नभएका सहकारीलाई खारेजी सहित कारवाही गर्ने चेतावनी समेत नगर प्रमुख थापाले दिए । उपप्रमुख बाल कुमारी थापाले सहकारीहरुको सही सूूचना प्रणाली व्यवस्थापनका लागि कोपोमिस तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न यस्ता तालिम सहयोगी बन्ने बताए । कार्यक्रममा ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डे लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै सहकारीलाई व्यवस्थित बनाउन आग्रह गरे । शनिबारसम्म चल्ने तालिममा २० सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण तानसेन नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रकाश गैरेले गरेका छन् । उपप्रमुख बाल कुमारी थापाको अध्यक्षता, कार्यपालिका सदस्य दुर्गादेवि भण्डारी गौतमको स्वागत, प्रेस सल्लाहकार दानु हिस्की मगरको सञ्चालनमा तालिम सुुभारम्भ कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update