Shittalpati
फराकिलो बन्यो तानसेन–हार्थोक सडक
फराकिलो बन्यो तानसेन–हार्थोक सडक पाल्पाको मुख्य सडक तानसेन–हार्थोक सडक विस्तारको कामले तीव्रता पाएको छ । तानसेन–तम्घास सडकअन्तर्गत तानसेन नगरपालिकाभित्र पर्ने सडक चौडा बनाउने काम भएको हो । ‘लकडाउन’को अवधिमा पनि तानसेन नगरपालिकाले बतासेडाँडा, ढुङ्गाखानी, सम्मोबारी, सामाकोट र बाहुनडाँडासम्म सडक विस्तारको कामलाई निरन्तरता दिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रियता देखाएको छ । प्रतिष्ठानले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण, विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरि सक्रियता देखाएको हो । केही समय अघि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको प्रतिष्ठानले केही स्थानीय...
नेपाली सेनाद्वारा फलफूलका विरुवा रोपण
नेपाली सेनाद्वारा फलफूलका विरुवा रोपण नेपाली सेनाको गोरखदल गण पाल्पाले शुक्रबार फलफुलका विरुवा रोपण गरेको छ । सेनाले तानसेनस्थित सेन माविको परिसरमा नौ प्रकारका फलफूलका विरुवा रोपेको हो । विश्व वातावरण दिवसका अवसरमा सेनाले सुन्तला, कागती, तेजपात अम्वा, खल्ढुक, धुपी, कपुर, चिउरी, मसल, एवोगार्ड लगायतका विरुवा रोपेको गणपति जनककुमार बस्नेतले जानकारी दिए । एक सिपाही...
रिडीमा तीनमुखे पुलको काम धमाधम, पुल बन्ने पक्का भएपछि स्थानीयमा खुसी
रिडीमा तीनमुखे पुलको काम धमाधम, पुल बन्ने पक्का भएपछि स्थानीयमा खुसी बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ । करीब छ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो ।
कोरोनाबाट भएको निधनप्रति काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त
कोरोनाबाट भएको निधनप्रति काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ संक्रमणबाट जिल्लाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको निधन भएको प्रति दुख व्यक्त गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै पूर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको उपचारका क्रममा कोरोनाबाट निधन भएको भन्दै दुःख व्यक्त गरेको हो ।
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचार बापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार...
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम बन्दाबन्दीका कारण धेरै बालबालिकाहरु प्रभावित भएका छन् । प्रभावित बालबालिकाहरुका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न प्रयासहरु भएका छन् । पाल्पामा पनि लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न माध्यमबाट शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरिहेका छन् ।
गुल्मीका पत्रकारलाई पिपिई
गुल्मीका पत्रकारलाई पिपिई कोरोना महामारीको क्रममा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति (विपद् व्यवस्थापन समिति) सहयोगमा नेपाल प्रेस युनियन गुल्मीले नेपाल पत्रकार महासंघलाई २५ थान पिपिई सेट वितरण गरेको हो ।
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा तीन दिन अघि मृत्यु भएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ ।
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक,...
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’ मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश पाँच ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिएन् । प्रदेश सरकारको १४ लाख ५० हजार, निस्दीको पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दुई लाख...
Weather Update