Shittalpati
पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आईतबार मात्र १ सय ९ जना निको भए
पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आईतबार मात्र १ सय ९ जना निको भए जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । कोरोना संक्रमण कायमै रहे पनि निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सरकारले सहुलियत कर्जा दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने घोषणा गरेका हुन् ।
पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बिमा
पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बिमा सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
पाल्पामा शनिबार १ सय ३३ जनाले कोरोना जिते, १ सय ४३ जनामा संक्रमण
पाल्पामा शनिबार १ सय ३३ जनाले कोरोना जिते, १ सय ४३ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३३ जनाले कोरोना जितेका छन् भने १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ३३ जना संक्रमितले कोरोना जितेका हुन् ।
सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री
सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।
गुल्मीमा एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ
गुल्मीमा एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा शुक्रबार थप ८१ जना कोरोना संक्रमित डिस्चार्ज
पाल्पामा शुक्रबार थप ८१ जना कोरोना संक्रमित डिस्चार्ज जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार मात्र यहाँका ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले पाल्पामा निषेधाज्ञा पुनः ९ दिन लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरेको जनाइएको छ ।
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन् । उनीहरुले सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक स्वास्थ्य सामग्री सहयोग गरेर गुन लागएका छन् ।
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । विहीबार मात्र यहाँका १सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४८ महिला र ६७ जना पुरुष कोरोनामुक्त भएका हुन् ।
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस नेपाली काँग्रेस पाल्पाले जनताको समस्या समाधानमा निरन्तर लागेको बताएको छ । पार्टीका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद् वीरबहादुर रानाद्वारा जारी अपिलमा कोरोना महामारीको बेला सिर्जित जनताको समस्या समाधानमा आफुरुहरु निरन्तर लागिपरेको बताइएको हो ।
Weather Update