आजबाट काँग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ : झापाको मेची भन्सारबाट आरम्भ गर्दै
शनिबार, माघ १३, २०८०

प्रेस युनियनका उपाध्यक्ष भण्डारीको संयोजकत्वमा ‘विधागत पत्रकारिता प्रवर्धन’ विभाग गठन
शनिबार, पुस १४, २०८०
पाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधामा क्रियाशील पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मंसिर २८ मा सुनुवाइ
बुधबार, मंसिर २०, २०८०
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।

टोपबहादुर रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान मन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई छाड्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । अदालतले थुनछेक विरुद्धको पुनरावेदनमा शुक्रबार शुनुवाइ गर्दै रायमाझीसहित ९ जनालाई छाड्न अस्वीकार गरेको हो ।

बालकृष्ण खाँड छुट्ने कि नछुट्ने बारे राय बाझियो, अर्को इजलासमा छिनोफानो हुने
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे राय बाझिएको छ । विहिबार बहस सकिए पनि शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको हो ।

पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई धरौटीमा छाड्न आदेश
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

छोराको कुटपिटबाट बुबाको मृत्यु
शुक्रबार, मंसिर १५, २०८०
उत्तरी रसुवामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ
शुक्रबार, मंसिर ८, २०८०
बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त
बिहीबार, मंसिर ७, २०८०
दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा
बिहीबार, मंसिर ७, २०८०
नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो ।

सरकारी कार्यालय खुले पनि चहलपहल कम
शुक्रबार, मंसिर १, २०८०
हिन्दूहरुकोे दोस्रो महान् चाड तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुले पनि चहलपहल भने कम भएको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, सोमबार सुनुवाई हुने
शुक्रबार, मंसिर १, २०८०
सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको भन्दै निवेदकहरुले निर्णय बदरको आदेश माग गर्दै रिट हालेका हुन्

नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै
बिहीबार, कात्तिक २३, २०८०
नेकपा एकीकृत समाजवादी (एस)को पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुन लागेको छ । उसले आगामी माघ १४ देखि १८ गतेसम्म पहिलो राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । महाधिवेशन काठमाडौंमै हुने निश्चित भएको र त्यहीअनुसार गृहकार्य अघि बढेको पार्टी सपचवालयले जनाएको छ ।