वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च
शुक्रबार, माघ ४, २०८१
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री
बिहीबार, माघ ३, २०८१
नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
आइतबार, मंसिर २३, २०८१
चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो ।
चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
बिहीबार, मंसिर २०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनको चार दिने भ्रमण सकेर प्रधानमन्त्री ओली बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
सुनको भाउ तोलामा एक हजार दुई सयले घट्यो
सोमबार, मंसिर १७, २०८१
आज सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ ।
रामेछापमा जिप दुर्घटना : वडा अध्यक्षसहित पाँचजनाको मृत्यु, तीन घाइते
शुक्रबार, मंसिर १४, २०८१
रामेछापमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।
प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख
शनिबार, कात्तिक ३, २०८१
लुम्बिनी प्रदेशकै राजधानी रहेको दाङको घोराही उपमहानगरपालिका–१८ का घोरदौरावासी सार्वजनिक धारामा पालो कुरेर खानेपानी भर्दै ।
व्यवसायी दुर्गा प्रसाई पक्राउ
आइतबार, असोज ६, २०८१
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो ।
बाढीले बगाएर बेपत्ता माझीको शव फेला
मंगलबार, भदौ २५, २०८१
बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।
मौन स्नान गरी मनाइयो सोमबारे औँसी
सोमबार, भदौ १७, २०८१
सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।

-1737113192.jpg)
