Shittalpati
सामान्य प्रशासन मन्त्रीमा न्यौपाने नियुक्त

पाल्पा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

विवादित अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरे । । न्यौपाने नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् ।

मंगलबार राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति निकालेर न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको जानकारी दिएकी छन् । मंगलबार नै यो मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् । न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । 
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update