नवजनचेतना राष्ट्रिय दैनिक २०७७ असार २१ गते आइतबार
आइतबार, असार २१, २०७७
पाल्पामा थप १४ जनामा कोरोना, संक्रमितको संख्या ५ सय ३४ पुग्यो
शनिबार, असार २०, २०७७
जिल्लामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका १ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रैनादेवी छहरा गाउँपालिकाका १ जना महिला, ४ जना पुरुष गरी ५...
घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित
शनिबार, असार २०, २०७७
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापालाई घुम्टे पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गलकोट नगरपालिका बागलुङको सातौं नगर सभाबाट पत्रकार थापालाई सम्मान गरिएको हो । विगत वि.सं २०६५ सालदेखि बागलुङको गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आएका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार...
क्वारेन्टाइन र आईसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री
शनिबार, असार २०, २०७७
भारत लगायत तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको लागि युथ युनियन मटेरी रामपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले ट्राभल डेन्टिष्ट्री नेपालको सहयोगमा ह्याण्ड वास, माक्स, स्यानिटाईजर, ब्रस, टुथपेस्ट लगाएतका सामग्रीहरु दिएको हो । रामपुर ५ मटेरीमा एक कार्यक्रम गरी क्लवका अध्यक्ष अमिर रानाले रामपुर नगरपालिका ५ का...
पाल्पा जेसिजले गर्यो वृक्षारोपण
शनिबार, असार २०, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले वृक्षारोपण गरेको छ । जेसिजले शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिविआर भवन परिसरमा वृक्षारोपण गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको छ । आफैले २०५२ सालमा स्थापना गरेको संस्था सिविआर परिसरमा हरियाली बनाई स्वच्छ वातावरण निर्माण...
ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य
शनिबार, असार २०, २०७७
ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३६३ औं बैठकले सूचना अधिकारीमा आचार्यलाई नियुक्त गरेको हो । बैंकको सहायक महाप्रबन्धकका रुपमा रहेका आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरिएको बैंकका हेड रिटेल मनोज रायमाझीले जानकारी दिए । नवनियुक्त आचार्यले असार १८ गतेदेखि उक्त पदको...
प्रदेश पाँचमा बाढीपहिरोको असर
शनिबार, असार २०, २०७७
वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश पाँचका विभिन्न जिल्लामा असर पुर्याएको छ । पहाडी जिल्लामा बाढी र पहिरो तथा तराईका जिल्लामा बाढीले असर गरेको छ । रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । कञ्चन गाउँपालिका –४ स्थित भैरवघाटको नदीमा पौडी खेल्न गएका बेला बाढीले बगाएर...
कोरोनाको कहर, संस्कृति माथि प्रहार
शनिबार, असार २०, २०७७
नेपाल ‘सातको अफाप’ कस्को के श्राप परेको हो कुन्नि सालको पछाडी सात आउने बितिकै देशभित्र नाना किसिमको क्रान्ति, भ्रान्ति, दुःखको ओइरो लाग्ने ! सालको चार अंकमा कुनै पनि ठाँउमा सात आउने बित्तिकै देशमा अनेक प्रकारका घटना हुने गर्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।
पाल्पामा थप ४ जनामा कोरोना पुष्टि
शुक्रबार, असार १९, २०७७
जिल्लामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका २ जना पुरुष र तिनाउ गाउँपालिकाका २ जना पुरुष गरी ४ जनामा संक्रमण देखिएको हो । ३ हप्ता अघि भारतबाट आएर तिनाउ गाउँपालिका ३ झुम्साको तिलोत्तमा माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका वडा...
पाल्पा अस्पतालमा ५ महिनादेखि अनुपस्थित हेल्थ असिस्टेण्टलाई माग्यो प्रदेश सरकारले स्पष्टीकरण
शुक्रबार, असार १९, २०७७
जिल्ला अस्पताल पाल्पामा कार्यरत सिनियर हेल्थ असिस्टेण्ट छविराज गिरी करिव पाँच महिनादेखि अनुपस्थित रहको भन्दै प्रदेश पाँच सरकारले स्पष्टीकरण मागेको छ । गत फागुन २ गतेदेखि कार्यालयमा उपस्थित नभएको भन्दै प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले शुक्रबार गिरीको नाममा ७ दिने सूचना जारी गर्दै स्पष्टीकरण माग गरेको हो । समायोजनका क्रममा...
विद्युत अनियमितताले ग्रामीण बस्तीमा खाने पानीको अभाव
शुक्रबार, असार १९, २०७७
विद्युत आपूर्ति नियमित नहुँदा ग्रामीण बस्तीमा खाने पानीको अभाव देखिएको छ । स्थानीय बासिन्दा १४ दिनसम्म धारामा पानी नआएपछि कुवाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । रैनादेवी छहरा गाउँपालिकाको‘एक घर, एक धारा’ जडान गरिएको मुभुङ बस्तीका धारामा पानी नआएपछि खानेपानीको अभाव देखिएको हो । स्थानीय बासिन्दा कमल न्यौपानेले विद्युत...
गुल्मी पहिरो अपडेट : १८ महिने बच्चा सहित दुईको मृत्यु, पाँच घाइते
शुक्रबार, असार १९, २०७७
जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा विहिबार राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ, भने पाँच जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले पुरिएर १८ महिने सुजन सारु र ७ वर्षकी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा उद्धारमा...
नेकपामा स्वार्थको झगडा
शुक्रबार, असार १९, २०७७
देशमा कोरोना महामारीको कहर छ । यता बहुमत प्राप्त दल नेकपा भित्र भने स्वार्थको झगडा भइरहेको छ । हुन त यो नौलो भने होइन । नेकपाभित्र बेला–बेलामा स्वार्थका झगडाहरु भइनै रहन्छन् । केही दिन अघिदेखि नेकपा भित्रबाटै पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ । बहुमत...


