Shittalpati
कालीगण्डकी किनारमा महिलाको शव फेला
कालीगण्डकी किनारमा महिलाको शव फेला कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
तानसेनले माग्यो प्रदेशसँग ३ सय ७५ खानेपानीका योजना
तानसेनले माग्यो प्रदेशसँग ३ सय ७५ खानेपानीका योजना तानसेन नगरपालिकाले वास (खानेपानी सरसफाई तथा स्वच्छता) कार्यक्रमको प्रतिवेदन प्रमाणिकरण गरेको छ । गणक तथा प्रतिनिधीहरु घर–घरमा पुगी खानेपानी, शौचालय र धारा भए नभएको घर संख्याको विवरण संकलन गरी तयार गरेको प्रतिवेदन नगर सरकारले प्रमाणित गरेको हो ।
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस शुक्रबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।
एनसेलले ल्यायो ‘एनसेल जबसप’
एनसेलले ल्यायो ‘एनसेल जबसप’ एनसेलले रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म ‘एनसेल जबसप’ योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ योजना ल्याएको हो ।
आप्रवासी दिवसको सार्थकता
आप्रवासी दिवसको सार्थकता नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो पाल्पामा थप २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा तीन पक्की पुलको शिलान्यास
पाल्पामा तीन पक्की पुलको शिलान्यास जिल्लामा तीन वटा पक्की पुलको शिलान्यास गरिएको छ । निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा तीन वटा पक्की पुलको शिलान्यास गरिएको हो । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुलको शिलान्यास गरिएको छ ।
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो ।
जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै गुल्मीदरबार
जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै गुल्मीदरबार जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको छ । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाहरुलाई वडास्तरमा गई योजना सम्झौता र कार्यादेश दिने कार्यको सुरुवात गरेर जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको हो ।
गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि ४३ हजार बढीले विवरण दर्ता गराए
गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि ४३ हजार बढीले विवरण दर्ता गराए गुल्मीका स्थानीय तहरुमा ४३ हजार २ सय ९४ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्य सकिदाँ ४३ हजार २ सय ९४ जनाले विवरण दर्ता गराएका हुन् ।
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्व र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन ।
Weather Update