Shittalpati
ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडी ठोक्किँदा राप्तीगाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरीको मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको...
गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु
गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको ज्यान गएको छ । पछिल्लो समय लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाबाट १६ खेलाडी छनोट भएका छन् । गत मंसिर २५ र २६ गते तानसेन टुँडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ पुरुष खेलाडी छनोट भएका हुन् ।
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालक घाइते
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालक घाइते जिल्लाको माथागढी गाउँपालिका ५ धामिगाउँमा टिपर दुर्घटना भएको छ । मंगलबार दिउँसो धामिगाउदेखि चुनढुङ्गा लिई भैरहवातर्फ जाँदै गरेको लु १ क ३५३७ न. को टिपर अनियन्त्रित भई दुर्घटना भएको हो ।
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।
संकटको सारथी बन्दै सामुदायिक रेडियो मदनपोखरा
संकटको सारथी बन्दै सामुदायिक रेडियो मदनपोखरा कोभिड १९ महाव्याधीविरूद्ध संसार लडिरहेका बेला सिंगो नेपाली समुदाय पनि यसबाट जोगिन भागदौड गरिरहेको छ । सिंगो देश स्वास्थ्य संकटबाट जीवन बचाउन लागिरहेका बेला पाल्पाको सामुदायिक रेडियो मदनपोखरा पनि अहिले त्यसकै बलियो हिस्सा बनेको छ ।
सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सिम कार्ड
सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सिम कार्ड सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएको छ । एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र एनसेल आजियाटा लिमिटेडका प्रमुख कानुन,...
मानव विकासमा जरुरी
मानव विकासमा जरुरी मानवको जीवनलाई सन्तुष्ट, सिर्जनशील र समाजको भलाइको लागि योगदान गर्न सक्ने बनाउने प्रक्रिया नै मानव विकास हो । दिगोपन मानव विकासको अर्को महत्वपूर्ण स्तम्भ हो । मानव जीवनलाई दीर्घकालिन रुपमा सुरक्षित बनाएर विकास गर्नु नै दिगोपन हो ।
बञ्जिजम्प पुल
बञ्जिजम्प पुल बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदी माथि हालै सञ्चालनमा आएको विश्वकै दोस्रो आग्लो बञ्जिजम्प पुल । उक्त पुल २ सय २८ मिटर अग्लो र ५ सय २५ मिटर लामो रहेको छ ।
नेपाल परिवार नियोजन संघद्वारा सामाजिक परीक्षण
नेपाल परिवार नियोजन संघद्वारा सामाजिक परीक्षण नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको छ । माथागढी गाउँपालिका वडा ३ सराईमा एक कार्यक्रमका बिच नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको हो ।
अपाङ्गता बालबालिकालाई वैकल्पिक शिक्षा दिन निकै गाह्रो
अपाङ्गता बालबालिकालाई वैकल्पिक शिक्षा दिन निकै गाह्रो अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन नेपाली काँग्रेस पाल्पा र गुल्मीले विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ...
Weather Update