नवजनचेतना राष्ट्रिय दैनिक २०७७ मंसिर ३० गते मंगलबार
मंगलबार, मंसिर ३०, २०७७
नेपाली काँग्रेस गुल्मीले पनि गर्यो वृहत विरोध प्रदर्शन
सोमबार, मंसिर २९, २०७७
गुल्मीको तम्घासमा पनि वर्तमान सरकारको सर्वसक्तावाद विरुद्ध नेपाली काँग्रेस गुल्मीले वृहत विरोध प्रर्दशन गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले काँग्रेस अब चुप लागेर नबस्ने बताए ।
नेपाली काँग्रेस पाल्पाले गर्यो विरोध प्रदर्शन
सोमबार, मंसिर २९, २०७७
नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ।
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०७७
पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा १३ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव
सोमबार, मंसिर २९, २०७७
अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा
सोमबार, मंसिर २९, २०७७
पाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।
बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी
सोमबार, मंसिर २९, २०७७
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी मौन स्नान गरी मनाइएको छ । आज बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो ।
सुत्केरीलाई कुखुरा
सोमबार, मंसिर २९, २०७७
सुत्करीलाई स्वास्थ्य संस्थामा पुर्याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।
प्रतिपक्षको आन्दोलन
सोमबार, मंसिर २९, २०७७
प्रमुख प्रतिपक्षी दलको हैसियतबाट नेपाली काँग्रेसले आजदेखि आफ्ना आन्दोलनका कार्यक्रमलाई सार्वजनिक गर्दै देशव्यापी रुपमा विरोध प्रर्दशन गर्ने निर्णय गरेसँगै देशव्यापी रुपमा सुरुक्षा अवस्था अत्यन्तै मजबुत बनाउने कार्य शुरु भएको छ । सरकारले विभिन्न किसिमका अनियमितता गरेको र देशमा सुशासन कायम गर्न नसकेको भन्ने गुनासाहरुका कारण पनि प्रतिपक्ष आन्दोलित भएको हो ...
भाषा शिक्षकहरुलाई अनलाइन अभिमुखीकरण तालिम
आइतबार, मंसिर २८, २०७७
भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अनलाइन अभिमुखीकरण तालिम भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि ६ दिने अनलाइन अभिमुखीकरण तालिम भएको हो ।
कोरोनाले गर्दा लागेन यसवर्ष बाला चर्तुदशीको मेला
आइतबार, मंसिर २८, २०७७
बाला चर्तुदशीको अवसरको गुल्मीको शान्तिपुरमा लाग्ने चक्रेश्वर मेला यसवर्ष भने कोरोना महामारीका कारण हुन पाएन । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ४ शान्तिपुरमा पर्ने मन्दिरमा बाला चर्तुदशीकोमा सतबिज छर्ने पर्वको अवसरमा यस क्षेत्रको चर्चित एबं धार्मिक रुपले पनि लोकप्रिय मानिदै चक्रेश्वर मेला कोरोना महामारी कारण नलागेको हो ।
पछिल्लो समयमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै
आइतबार, मंसिर २८, २०७७
पछिल्लो समयमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या बढ्दै छ । २४ घण्टामा एक हजार पाँच सय जना कोभिड–१९ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९४.९ प्रतिशत पुगेको छ ।


