Shittalpati
नेपाली काँग्रेस गुल्मीले पनि गर्‍यो वृहत विरोध प्रदर्शन

रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको तम्घासमा पनि वर्तमान सरकारको सर्वसक्तावाद विरुद्ध नेपाली काँग्रेस गुल्मीले वृहत विरोध प्रर्दशन गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले काँग्रेस अब चुप लागेर नबस्ने बताए । संविधान सभा सदस्य समेत रहेका परियारले सर्वसक्तावाद विरुद्ध काँग्रेसले जस्तोसुकै कडा कदम चाल्ने बताए । नेता परियारले प्रतिपक्ष कहाँ छ ? भन्नेहरुका लागि पनि काँग्रेसले ७७ वटै जिल्लाबाट सडकमा उत्रिएर सरकारको खबरदारी गरेको भन्र्दै तनहुँमा पुलको उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडल माथि भएको प्रहरी दमन र दुव्र्यवहारको घोर भत्र्सना समेत गरे ।

नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले नेपाली जनताको ठुलो बलिदानीबाट प्राप्त भएको प्रजातन्त्रलाई सरकारले रक्षा गर्न नसकेको बताए । अहिले वर्तमान सरकारका विकृतिपूर्ण गतिविधिहरुले मुलूकमा प्रजातन्त्र आएको छैन की ? भन्ने अनुभूति गराएको आरोप लगाए ।

वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा काँग्रेस गुल्मीले वृहत विरोध प्रदर्शन गरेको जिल्ला सचिव खिलध्वज पन्थीले बताए । नेपाली काँग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवनदेखि नारा लगाउँदै ¥याली सहित तम्घास बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि आई कोण सभामा परिणत भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update