नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक
शनिबार, मंसिर २७, २०७७
तरकारी खेतीमा महिलाको सक्रियता
शनिबार, मंसिर २७, २०७७
व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिला समेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल
शुक्रबार, मंसिर २६, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग शुक्रबार छलफल गरेका छन् ।
पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षिय पुरुषको मृत्यु
शुक्रबार, मंसिर २६, २०७७
तिनाउ गाउँपालिका ६ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिए ।
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
शुक्रबार, मंसिर २६, २०७७
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपाली करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो
शुक्रबार, मंसिर २६, २०७७
नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएका अवस्थामा चार करोड ८० लाख...
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
शुक्रबार, मंसिर २६, २०७७
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए...
जीप दुर्घटना हुँदा दुईको मृत्यु
शुक्रबार, मंसिर २६, २०७७
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
शुक्रबार, मंसिर २६, २०७७
पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका –६ का ८७ वर्षीय संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण
शुक्रबार, मंसिर २६, २०७७
कृषकहरुद्वारा उत्पादित कृषिजन्य उत्पादनहरुले उचित मूल्य नपाएको गुनासो आइरहेका बेला गुल्मीमा मकै बिउको मूल्य निर्धारण भएको छ । जिल्लाभर मकै बिउको समान मूल्य कायम गर्न तथा बिउको बजारीकरणमा सहजता ल्याउनका लागि जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले मकै बिउको जिल्ला दररेट कायम गरेको छ ।
महिलाको योगदान र मानव अधिकार
शुक्रबार, मंसिर २६, २०७७
पौराणिक कथन अनुसार सृष्टिकर्ता भगवान ब्रह्माजीले पहिला तेत्तिस (३३) कोटी देवताको सृजना गरे तर कसैले पनि थप सृष्टिलाई अगाडी बढाउन सकेनन त्यसपछि पुनः तेत्तिस (३३) कोटी देवीहरुको उत्पत्ति भयो र एक आपसमा प्रजनन प्रक्रियामा सहभागी भई बल्ल संसार थामियो । चाल्स डार्बिनको क्रमिक विकासमा आधारित सिदान्त अनुसार आवश्यकता र समयले...
७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी
बिहीबार, मंसिर २५, २०७७
नेपालको कूल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसंख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ ।
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर
बिहीबार, मंसिर २५, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका वडा ७, खानीगाउँ रामबगैचाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । अमेरिकी ६८ वर्षीय नागरिक पउल थम्सनको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो स्वीटर वितरण गरिएको हो ।


