पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा सञ्चालन
आइतबार, मंसिर २८, २०७७
नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने
आइतबार, मंसिर २८, २०७७
नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।
जलेका लालपूर्जा १८ वर्षपछि वितरण
आइतबार, मंसिर २८, २०७७
अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो ।
कपिलवस्तुमा महिलाको हत्या
आइतबार, मंसिर २८, २०७७
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।
पेन्सन पाइरहेकाले पनि समाजिक सुरक्षा भत्ता पाउने
आइतबार, मंसिर २८, २०७७
विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश मार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो ।
नेताहरु चरित्रवान बन्नुस्
आइतबार, मंसिर २८, २०७७
राजनैतिक रुपमा देखापरेका विभिन्न खालका घटना र परिघटनाले मुलुकका हरेक काम कार्यवाहीमा अत्यन्त्यै ठूला समस्याहरु श्रृजना भएका छन्, अहिले । नेताहरुका चारित्रिक गतिविधी र नैतिक आचारणका कारण पनि धेरै अनियमितताहरु देखापर्ने गरेका छन् ।
कोरोनाबाट थप १५ को मृत्यु
शनिबार, मंसिर २७, २०७७
नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोराना भाइरस संक्रमणबाट १५ जनाको मृत्यु भएको हो ।
गुल्मी काँग्रेसले आउँदो सोमबार सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने
शनिबार, मंसिर २७, २०७७
नेपाली कांग्रेस गुल्मीले यहि मंसिर २९ गते अर्थात आउँदो सोमबार वर्तमान कम्युनिस्ट सरकारविरुद्ध जिल्लाको सदरमुकाम तम्घासमा बृहत प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार उक्त बृहत प्रदर्शन गर्न लागिएको सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
लेकाली स्वावलम्बन सहकारीको नवौं अधिवेशन, अध्यक्षमा अर्याल
शनिबार, मंसिर २७, २०७७
लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) तम्घास गुल्मीको अध्यक्षमा भुवन प्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार संस्थाको कार्यालय भएको नवौँ अधिवेशनबाट अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी पाल्पाले मनायो स्वर्णमहोत्सव
शनिबार, मंसिर २७, २०७७
नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाको स्वर्णमहोत्सव मनाएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाले शनिबार एक कार्यक्रमका साथ स्वर्णमहोत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले स्मारिका विमोचन र स्वर्णमहोत्सव लोगो अनावरण गर्दै रेडक्रसले गरेका कामहरु धेरै नै प्रभावकारी रहेको बताए ।
जतिसक्दो चाँडो कोभिड विरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : मन्त्री पौडेल
शनिबार, मंसिर २७, २०७७
अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताए । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाँचौँ महासभालाई आज सम्बोधन गर्दै उनले भने, “सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।”
कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा
शनिबार, मंसिर २७, २०७७
कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।

.jpg)
