Shittalpati
पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा सञ्चालन

पाल्पा । पाल्पाको प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–७ प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको ५४ औं शाखा कार्यालय सञ्चालनमा आएको हो । शाखाको बैंकका अध्यक्ष जीवनप्रसाद वझाले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष वझाले बैंकबाट कर्जा लिएर उद्यम गरी आयआर्जन गर्न र बचत गरेर जुनसुकै माध्यमबाट बैंकबाट लाभ लिन स्थानीयबासीलाई आग्रह गरे ।

शाखा उद्घाटन कार्यक्रमका अवसरमा बैंकले स्थानीय सरकारी विद्यालयका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद तथा स्टेशनरी सामान प्रदान गरेको छ भने ९१ वर्षिय जेष्ठ नागरिक मेदनी बल्लभलाई नगद र दोसल्लासहित सम्मान गरेको छ । कार्यक्रममा तानसेन नगरपालिका वडा ७ का अध्यक्ष मुक्तिराम जीसीले बैंकको शाखा कार्यालय स्थापनाले प्रभाससँगै बाँसटारी, चुच्चेबारी, मदनपोखरा, माडी लगायतका जनताले बैंकिङ कारोबारको सुविधा पाएको बताए । १७ अर्ब ३५ करोड निक्षेप र १३ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको तिनाउ मिसन बैंक निकट भविष्यमै क वर्गको वाणिज्य बैंक सिटिजन्स बैंकसँग एकीकरण हुने प्रकृयामा छ । कार्यक्रम प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update