Shittalpati
सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सिम कार्ड

काठमाडौं । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएको छ । एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र एनसेल आजियाटा लिमिटेडका प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पत्रअनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब तीन सय रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २ सय ५० एमबी निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन् । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटले, होटेल, रेष्टुरेण्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । सानिमा बैंकले आफ्नो बचत खाताहरुमा बीमाको सुविधाको साथै उच्चत्तम ब्याज दिंदै आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update