२४२ यात्रु सवार विमान भारतमा दुर्घटना
बिहीबार, जेठ २९, २०८२
पाल्पाका सुनचाँदी व्यवसायी भोलीदेखि पसल बन्द गरेर आन्दोलित हुँदै
बुधबार, जेठ २८, २०८२
जिल्लाका सुनचाँदी व्यवसायीहरु भोलीदेखि पसल नै बन्द गरेर आन्दोलित हुने भएका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै पाल्पा सुनचाँदी व्यवसायी संघमा आवद्ध व्यवसायीहरु विहीबारदेखि आन्दोलित हुने भएका हुन् ।
नागरिकता विधेयक पारित
मंगलबार, जेठ २७, २०८२
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिक विधेयक पारित भएको छ । मंगलबार बसेको समिति बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
कर्तव्य ज्यान मुद्दाका अभियुक्त १४ वर्षपछि पक्राउ
सोमबार, जेठ २६, २०८२
कर्तव्य ज्यान मुद्धाका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । हत्या गरी फरार रहेका जिल्लाको माथागढी गाउँपालिका –१ दमारका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो ।
सरोकारवाला भन्छन् ‘गण्डकी सभ्यता बचाउन डाइभर्सन खारेज गर्नैपर्छ’
सोमबार, जेठ २६, २०८२
पाल्पा, स्याङजा, तनहुँ र नवलपुर पूर्व नवलपरासीका सरोकारवालाहरुले गण्डकी सभ्यता बचाउन कालीगण्डकी तिनाउ डाइभर्सन खारेज गर्नुपर्ने बताएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा भएको कार्यक्रममा सहभागीहरुले कालीगण्डकी डाइभर्सन खारेज गर्नुपर्ने बताएका हुन् ।
‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ दुवाललाई
आइतबार, जेठ २५, २०८२
बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले पिता स्व. कमलराज रेग्मीको स्मृतिमा स्थापित ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सो पुरस्कार दुवाललाई प्रदान गरेको हो ।
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन
बिहीबार, जेठ २२, २०८२
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पाल्पा प्यारागनका विद्यार्थी र ग्रीन फर गुडद्वारा श्रीनगरमा सरसफाई
बिहीबार, जेठ २२, २०८२
पाल्पा प्यारागन बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरूले ऐतिहासिक पर्यटकीयस्थल श्रीनगर डाँडामा सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा विहीबार स्कुलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, ग्रीन फर गुड नेपाल र नेश्नल सस्टेनेवल टुरिजम क्लवमा आवद्ध विद्यार्थीले श्रीनगर डाँडामा रहेको हनुमान परिषरमा सरसफाइ गरेका हुन् ।
भिजिट भिसा प्रकरणले संसद् बन्धक
बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरणले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसद् बन्धक बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानका कारण संसद् बन्धक बन्दै आएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बुधबार, जेठ २१, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्युभएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पर्सा र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्युभएको हो ।


