Shittalpati
क्षयरोग निवारण संस्था पाल्पाद्वारा हाजिरी जवाफ

पाल्पा,नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ । उसले जुनियर नाटामा संलग्न विद्यालयहरु बिच अन्तर मावि हाजिरि जवाफ प्रतियोगिता गरेको  हो । प्रतियोगितामा ७ वटा विद्यालयका प्रतियोगीहरुको सहभागिता रहेको थियो । जहाँ भुसलडाँडा मावि, मोहनकन्या मावि, महेन्द्रवोधी मावि, पद्मपव्लिक नमूना मावि, सेन मावि,जनता मावि र देववाणी संस्कृत तथा साधारण विद्यालयबाट विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा क्षयरोग सम्बन्धी विषय वस्तुलाई प्राथमिकतामा राखी अन्य स्वाथ्य सम्बन्धी र केहि सामान्य ज्ञानबाट प्रश्नोत्तर गरिएको थियो । प्रतियोगितामा सेन मावि प्रथम,पद्मपव्लिक मावि द्वितिय, मोहनकन्या मावि तृतिय र जनता माविका विद्यार्थी सान्त्वना भएका छन् ।

विजयी प्रतियोगीहरुलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुनिल कुमार बस्यालले संस्थाले हाजिरी जवाफ प्रतियोगिता आयोजना  गरेर विद्यार्थीहरुलाई क्षयरोगका बारेमा बुझ्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरे । जनता माविका इतिहास ओली र सेन माविका शिक्षक कमल अर्यालले  आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा क्षयरोग निवारण संस्थाका आजिवन सदस्य पुस्करराज रेग्मीले संयोजन गरेका थिए । संस्था पाल्पा शाखाका सभापति विधान प्रसाद श्रेष्ठको अध्यक्षता, संस्थाका सचिव झपेन्द्र गहिरेको सञ्चालनमा कार्यक्रम भएको स्थानीय जयराम सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update