Shittalpati
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समग्र विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजित दोस्रो तथा तेस्रो साधारणसभाको समुद्घाटनमा मन्त्री रानाले पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान
विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकउत्सवको अवसरमा पाल्पा वितरण केन्द्र तानसेन पाल्पाले कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान अभियानका साथ विद्युत प्राधिकरण पाल्पा शाखाले नेपाल रेडक्रस शोसाइटी पाल्पाको समन्वय र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका हुन् ।
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु तानसेन ८, जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा मादकपदार्थ सेवन गरी लडेका विक्रम श्रेष्ठको मृत्यु भएको छ । मंगलबार बिहान मादकपदार्थ सेवन गरी लडेका २५ वर्षिय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।
उपचारको नाममा र्‍याल काढ्ने प्रदेश सांसदहरू
उपचारको नाममा र्‍याल काढ्ने प्रदेश सांसदहरू नेकपा एमालेका प्रदेश सांसद डा.पुरनमान बज्राचार्य सहितका धेरै जसो लुम्बिनी प्रदेश सांसदहरुले औषधि उपचारका नाममा लिएको रकमको विषयमा अहिले व्यापक चर्चा परिचर्चा भएको छ । आर्थिक रुपमा बलिया भए पनि सामन्य उपचारमा राज्यकोषको झण्डै आधा करोड रकम खर्च भएपछि अहिले चर्चाले व्यापकता पाएको हो । प्रदेश सांसद ब्रजाचार्य सपन्नशाली र...
धार्मिक पर्यटकीय क्षेत्रको रूपमा कटहरबारी पार्क
धार्मिक पर्यटकीय क्षेत्रको रूपमा कटहरबारी पार्क रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका–६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ । कालीगण्डकी नदीको नजिकै रहेको पार्क परिसरलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना बनाएर पूर्वाधार विकासका काम थालिएको हो ।
तानसेनमा कुक लेवल टु को तालिम सञ्चालन
तानसेनमा कुक लेवल टु को तालिम सञ्चालन तानसेनमा कुकु सम्बन्धी सिटी भिटी लेवल टु को तालिम सञ्चालन भएको छ । तानसेन नगरपालिका, लुम्बिनी प्रदेश दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामार्फत शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालिले निःशुल्क कार्यगत अभ्यास सहितको दश महिने प्राफेशनल कुकु लेवल टु को तालिम सोमबारदेखि सञ्चालन गरेको हो ।
दराज मल फेस्ट अभियान
दराज मल फेस्ट अभियान नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३० देखि दराज मल फेस्ट अभियान सुरु गरेको छ । यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने जनाइएको छ । अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु. ७ हजार सम्मको भउचरहरू, ब्रान्ड अफ द डे,...
उपभोक्ता सचेत बनौं
उपभोक्ता सचेत बनौं पछिल्लो समयमा कृषिजन्य वस्तुहरुमा अत्याधिक मात्रमा विषादी प्रयोग हुने गरेको पाइएको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अत्याधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी र फलफूलमार्फत उपभोक्ताले पनि मन्द रूपमा ‘विष’ खाइरहेका छन् ।
रुपन्देहीमा गोली चल्दा एक घाइते
रुपन्देहीमा गोली चल्दा एक घाइते रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली चल्दा एक जना घाइते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएका हुन् ।
भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’
भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’ पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । कोभिडका कारण दुई वर्ष केही व्यक्तिहरुको सहभागितामा निकालिएको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा यस वर्ष भने आइतबार...
पाल्पामा छ हजार बढी मतदाता थपिए
पाल्पामा छ हजार बढी मतदाता थपिए पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् ।
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको हो ।
Weather Update