Shittalpati
पोखरीमा डुबेर तीन जनाको मृत्यु
पोखरीमा डुबेर तीन जनाको मृत्यु धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको  मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरीमा डुबेर सोही ठाउाँ दिलिप साहको छोरा ७ वर्षीय आयुस कुमार साह, सबैला नगरपालिका–१ का परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका–६ बस्ने सरोज कुमार साहको छोरा...
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् ।
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी स्व.ठाकुर चन्द्र (विप्र) कोइरालाको निष्ठानको राजनीति कायम राख्ने बताएका छन् । बधुबार नेपाली काँग्रेस पाल्पाले स्व. कोइरालाको निवास तानसेन –६ बर्तुङ्गमा सातौं दिनको पूण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै...
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले मुलुक अब परिवर्तनको बाटोमा जानुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुक अब परिवर्तनको बाटो अघि बढ्नुपर्ने बताएका हुन् ।
तिनाउ खोलामा शव फेला
तिनाउ खोलामा शव फेला जिल्लाको माथागढी गाउँपालिका– ३ बेलटारीस्थित तिनाउ खोलामा एक पुुरुषको शव फेला परेको छ । बुधबार तानसेन नगरपालिका –९ का ५६ वर्षीय मानबहादुर कुमालको शव फेला परेको हो ।
सहकारी सम्बन्धी छानबिन समितिको म्याद थप
सहकारी सम्बन्धी छानबिन समितिको म्याद थप सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । प्रतिनिधिसभाले समितिको म्याद १५ दिन थपेको हो । समितिका संयोजक सूर्य थापाले प्रतिनिधिसभामा पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव मंगलबार बहुमतले पारित भएको छ ।
महिनाभर मनाउने गुँला पर्व आज सकिदै
महिनाभर मनाउने गुँला पर्व आज सकिदै नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र शुल्क प्रतिपदाका दिन समाप्त हुन्छ । एक महिनासम्म धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलापर्वको आज समाप्ति हुँदै छ ।
Weather Update