Shittalpati
अर्घाखाँचीमा लोकभजन प्रतियोगिता
अर्घाखाँचीमा लोकभजन प्रतियोगिता धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ । यही फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए । 
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन । 
लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२  र चालु खर्च २८ प्रतिशत
लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२  र चालु खर्च २८ प्रतिशत लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४।९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा रु ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’ कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । 
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् । गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो ।
जलवायु परिवर्तनको बढी असर महिलालाई
जलवायु परिवर्तनको बढी असर महिलालाई सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । 
आहार व्यवस्थापनले  गिद्धको संख्या बढ्दै
आहार व्यवस्थापनले  गिद्धको संख्या बढ्दै गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको संख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।
बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री पौडेल र महानगरप्रमुख आचार्यलाई काठमाडौँ लगियो
बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री पौडेल र महानगरप्रमुख आचार्यलाई काठमाडौँ लगियो पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
सात करोडको लागतमा मालिकामा नयाँ भवन
सात करोडको लागतमा मालिकामा नयाँ भवन मालिका गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनिक भवन निर्माण सम्पन्न भएको हो ।
गाँजा र चसेससहित सात जना पक्राउ
गाँजा र चसेससहित सात जना पक्राउ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।
गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु
गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्वस्वास्थ्य सङ्गठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो । 
Weather Update