पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी
मंगलबार, असार २४, २०८२
नेप्से परिसूचक २२ अङ्कले घट्यो
सोमबार, असार २३, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।
मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा
आइतबार, असार २२, २०८२
रुपन्देहीको कञ्चन गाउँपालिका–५, गरगरेका ज्येष्ठ नागरिक भानुभक्त पाध्या ९पौडेल० बागलुङको बरेङ्बाट करिब ५० वर्षअघि परिवारसहित साविकको रुद्रपुर (हाल कञ्चन) गाउँपालिकामा बसाइँ सरेर आएका थिए । उनिसँगै सोही गाउँका करिब एक दर्जनभन्दा बढी परिवार तराई झरेका थिए ।
टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो
आइतबार, असार २२, २०८२
जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।
भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या
आइतबार, असार २२, २०८२
रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । गए राति भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको...
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
शनिबार, असार २१, २०८२
बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ ।
पाल्पाको रैथानेबाली सङ्कटमा
शनिबार, असार २१, २०८२
यहाँका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथानेबाली सङ्कटमा पर्दै गएका छन् । उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छोडेर उन्नत जातका बीउ (हाइब्रिड)प्रति आकर्षित भएका हुन् ।
कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने
शुक्रबार, असार २०, २०८२
होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
कालीगण्डकीमा व्यावसायिक अकबरेखेती
शुक्रबार, असार २०, २०८२
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् ।
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
बिहीबार, असार १९, २०८२
केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज देखिन छाडेका छन् । यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्लाहरु देखिन छाडेका हुन् ।
तुलसीपुरमा दुई पक्की पुल निर्माण
बिहीबार, असार १९, २०८२
तुलसीपुर उपमहानगरपालिका–१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका–३ को बौलाह खोलामा रु चार करोड २५ लाख २७ हजारको लागतमा दुई वटा पुल निर्माण भएका छन् ।
भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित
बिहीबार, असार १९, २०८२
स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।
बुटवल–नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड
बुधबार, असार १८, २०८२
प्रतिनिधिसभाका सांसदहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा तत्काल सडक विस्तार गरी आवागमन सहज बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले नवलपासिस्थित दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्र्नुपर्नेमा जोड दिएको हो ।


