मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ
सोमबार, असोज ६, २०८२
दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द
सोमबार, असोज ६, २०८२
दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् ।
दुर्गा पक्ष सुरु बडादसैको रौनक:आज घरघरमा घटस्थापना गरिँदै
सोमबार, असोज ६, २०८२
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसै आजदेखि प्रारम्भ भएको छ ।
गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन
शनिबार, असोज ४, २०८२
गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अविरल वर्षाले धानबालीमा क्षति
शनिबार, असोज ४, २०८२
हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्याएको छ ।
रूपन्देहीमा डुबेर एक बालकको मृत्यु
शुक्रबार, असोज ३, २०८२
खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
शुक्रबार, असोज ३, २०८२
पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।
‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’
शुक्रबार, असोज ३, २०८२
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, असोज ३, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य
शुक्रबार, असोज ३, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन ।
कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण
बिहीबार, असोज २, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्, भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
बिहीबार, असोज २, २०८२
लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।


